January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

दुर्घटना न्यूनिकरण गर्न १५ दिने ‘चालकसँग कुराकानी’

264

बुटवल । लुम्बिनी प्रदेश प्रहरीले पहाडी जिल्लाहरुमा सवारी दुर्घटना न्यूनिकरणका लागि ‘चालकसँग कुराकानी’ अभियान सञ्चालन गर्ने भएको छ । प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम पुर्वका ग्रामिण क्षेत्रमा आइतबार कार्तिक १४ गतेदेखि सुरु हुने १५ दिने अभियानमा विभिन्न अभिमुखिकरणका कार्यक्रमहरु हुने भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वय र जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयहरुले सवारी साधनका चालकहरुसँग भेटघाट, समस्या र दुर्घटना न्युनिकरणमा चालकको भूमिका लगायतका कार्यक्रमहरु अभियानमा सञ्चालन गरिने प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । अभियान आगामी मँसिर ३० गतेसम्म सञ्चालन हुने छ ।

अभियानका अवधिमा प्रशिक्षण, व्यवसायीसँग समन्वय, सवारी साधनको चेकजाँच, सवारी साधनको यान्त्रिक व्यवस्था, ओभर लोड, ओभर स्पिड, मा.प.से. चेकिङ्ग लगायतलाई प्रभावकारी बनाइने छ ।

पछिल्लो अपडेट