१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूँजीगत खर्च बढाउन र विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिन निर्देशन दिएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समिक्षामा उनले सो निर्देशन दिएका हुन् । पूँजीगत खर्च बढाउनै पर्ने बाध्यताले गुणस्तरलाई ख्याल नगर्ने प्रवृति आउन सक्ने भएकाले सजग भई अघि बढ्न मुख्यमन्त्रीले ध्यानाकर्षण गराएका छन् ।

नतिजामुखी र प्रतिफलमुखी आयोजनामा रकमान्तर गरेर भएपनि बजेटको कमि हुन नदिन अहिलेदेखि नै काम थाल्न उनले निर्देशन दिए । प्रदेशको अर्थतन्त्र माथी उकास्ने र रोजगारी श्रृजना गर्ने खालका विकास आयोजनामा ध्यान दिन उनको अग्रह छ । बजेट खर्च गर्दा पूँजीगत खर्च अधिकतम गर्न र साधारण खर्चमा मितव्ययी बन्नुपर्ने बताउँदै मुख्यमन्त्रीले साधारण खर्च बढाएर लक्ष्यमा पुग्ने प्रवृति रोक्न निर्देशन दिए । ‘साधारण खर्चमा मितव्ययी बन्ने हो, पूँजीगत खर्च बढाएर नतिजा निकाल्ने हो ।’-उनले भने । पर्यटकीय गतिविधिलाई प्रभाव पार्ने आयोजनालाई केन्द्रीत गर्न मुख्यमन्त्रीको निर्देशन छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै