Mar 30, 2023
बुटवल । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुन तोलाको ९० हजार ८ सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार १ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्