ताजा अपडेट »

राजनीतिक जीवनको ५० वर्षपछि पहिलो पटक पुगे सांसद मतदाताको बस्तीमा

विहीबार, ११ मंसिर २०७७, १८ : १३
13 Shares

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीका निकै पुराना नेता हुन् हाल लुम्विनी प्रदेशका सांसद कमलराज श्रेष्ठ । मुलुक संघियतामा जानु अघि प्रतिनिधी सभाको सांसदमा समेत बिजयी भएका श्रेष्ठ आफ्नै निर्वाचन क्षेत्र, त्यसमा पनि सदरमुकाम तम्घासको एउटा दलित बाहुल्य वस्तीमा हालै पहिलो पटक पुगेका छन् ।

हाल रेसुङ्गा नगरपालिका वडा नम्वर ८ र ९ मा पर्ने बुढिचौर गाउँमा उनी पहिलो पटक पुगेका हुन् । उनको पार्टी कार्यालयबाट हिडेरै पाँच सात मिनेटमा पुगिन्छ त्यस बस्तीमा गाडीमा करिव एक किलो मिटर दुरीमा रहेको बुढिचौर गाउँ बत्तिमुनीको अँध्यारो, चुनावमा जान्छन् त्यस पछि कसैले फर्केर हेर्दैनन् भन्ने विभिन्न सञ्चार माध्याममा समाचार आए पछि मात्र सांसद श्रेष्ठ त्यस वस्तीमा पहिलो पटक पुगेका हुन् ।

उनी आफैले भन्दै थिए –‘मेरो उमेर अहिले ७१ बर्षको भयो । २०१९ सालमा भारत प्रवासी संगठनबाट मैले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएको थिएँ । गृह जिल्लामा २०२६ साल देखि सक्रिय राजनिती गर्नु सुरु गरेको हुँ । मेरो राजनैतिक जिवनको ५० बर्ष पछि पहिलो पटक यस बुढिचौर गाउँमा आउँदै छु ।’

उनले अर्को यस्तो धारणा राखे–‘यो वस्ती बत्तिमुनीको अँध्यारो, बत्तिमाथीको अर्थात उज्यालो माथीको अँध्यारो हो । किन भने उति बेला टुकी बत्ति लालटिनको बत्ति बालिन्थ्यो र माथी बत्ति तल अँध्यारो भनिन्थ्यो । अहिले बिद्युतको उज्यालो आएको छ । यसर्थ तल तम्घास बजारमा उज्यालो छ माथी अँध्यारो बनेको हो ।’

म मात्र होइन यहि तल नजिकै तम्घासमा नेताहरु प्नि यहाँ आउँदैनन । आएको भए यस्तो हुन्थ्यो यो वस्ती ? सांसद श्रेष्ठले यस्तो प्रति प्रश्न गरे । सदरमुकाम बाहिरका त्यसमा पनि गाउँपालिका भित्रि टोल टोल सम्म मोटरबाटो सुविधा पुगेको छ । तर नगरपालिका त्यसमा पनि सदरमुकाको दुई वटा वडा समेटेको बुढिचौर गाउँमा स्थानीय तहको निर्वाचन पछि करिव डेढ किलो मोटरबाटो खनियो तर त्यो बाटाको हविगत सांसद श्रेष्ठलाई नै लज्जीत पार्ने खालको छ ।

विद्युतका पोल ढल्ने र लत्रिने गरेको छ । सबैतिर थ्रिफेज लाईनको सुविधा छ तर ५० घरधुरी भएको त्यस गाउँका वासीन्दा अहिले सम्म सिंगलफेज मै चित्त बुझाउन बाध्ये भएका छन् । धेरै चोटी रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालकहाँ रोई कराई गर्न पुगे तर त्यो विद्युत ब्यवस्थापन अझै हुन सकेको छैन् । प्राय घर घरमा धारा त छ तर पानी छैन ।

अधिंकास दलित समुदायहरु ग्रिवीको चपेटामा परेका छन् । दिनभरी मजदुरी नगरे घरमा चुलो बल्दैन । उनीहरुलाई रोजगारी सिर्जना गरिएको छैन । अरु कुरा छाडौं कोभिड–१९ बिशेष राहत स्वरुप कृषि बिशेष कार्यक्रम आयो । २० हजारका दरले वितरण गरिने त्यस कार्यक्रमको रकम त्यस्ता गरिव विपन्नलाई परेन नेता, जनप्रनिधीका परिवार र आसेपासेलाई बाँडयो । बर्षेनी महिलाहरुलाई आय आर्जन मुलक कार्यक्रम सञ्चालन गरिन्छ तर त्यस गाउँका महिलाहरुका लागि त्यो कार्यक्रम कुन चरीको नाम हो भने जस्तै छ ।

२०६४ सालको निर्वाचन पछि प्रचण्ड सरकारले गरिव विपन्नका लागि जनता आवास कार्यक्रम ल्यायो । जुन अहिले पनि छ तर त्यस बुढिचौर गाउँका विपन्न दालितहरु अहिले पनि बाँसले बारेको टहरामा अशुरक्षित बसाई बस्दै आएका छन् ।
नगरपालिका भित्रको त्यस बस्तीमा अधिकांसको ब्यवस्थीत शौचालय छैन । कसैको त छँदै छन शौचाल , कतिपयको छ भन्ने मात्रको अर्थात बोरा र थोत्रा कपडाले बारेको । पानी परेको बेला त्यहाँका वासीन्दा पानी चुहेर रुझ्ने गर्छन ।

चिसो बेला बाँसकाा चिमबाट चिसो छिरेर कठाङ्ग्रीन्छन । १२ घरधुरीको घर नामको झुपडीले सांसद श्रेष्ठलाई गिज्जाई रहेको थियो । सांसद ज्यु , जनता आवास कार्यक्रम यस्ता वस्तीलाई नपरेर कस्तालाई पर्छ ? भन्ने प्रश्नमा श्रेष्ठको जवाफ थियो–‘ मैले त स्थानीय तह कै जनप्रतिनिधीहरुलाई छनौट गरेर ल्याउनुुस भनेको थिएँ । यसरी आफै आएर हेर्न पाएको भए पर्ने नै थियो अब भने यहाँ जनता आवास कार्यक्रम पारिने छ ।

५० बर्षे राजनैतिक जिवन पार गर्न लागेका सांसद श्रेष्ठ मात्र होईन जुन कुनै दलका ठुला नेता त्यस गाउँमा नपुगेको स्थानीयवासीले बताए । चुनाव ताका भने रातै दिन त्यस वस्तीमा नेताहरुले आफ्ना कार्यकर्ता पठाउँछन् । चामल बाँडे , रक्सी मासुको पहिरो पारे भन्ने हल्ला पनि चुनाव ताका आउने गर्दछ ।

तर चुनाव पछि तिनै तलका कार्यकर्ताहरु पनि त्यस बस्तीको विकासका लागि चासो दिने गरेको भए आज त्यस वस्तीको अविगत त्यस्तो हुने थिएन । त्यसैलाई ध्यानमा राखी रेसुङ्गा नगरपालिकाले त्यहाँका वासीन्दालाई रोजगारी सिजंना गर्ने र त्यहाँको विकास पनि छिट्टै उद्देश्य राखेर सड गलेको बाहेका कच्च पदार्थ राख्ने डम्पीङ्ग साईड अर्थात फोहर मैला प्रशोधन केन्द्र राख्ने निर्णय ग¥यो ।

दुई बर्ष अघि ७० लाख रुपैया विनियोजन गरेर त्यहाँ डम्पीङ्ग साईड निमार्ण कार्य पनि सुरु भयो । तर त्यहाँ राजनैतिक प्रतिशोध साँधियो । गाउँमा दुर्घन्ध फैलिन्छ भनेर अरु तल र टाढाका मानिसहरुले विरोध गरे । आन्दोलन पनि गरियो । तर त्यस बुढिचौर गाउँका वासीन्दा हर्षित भई रहेका बेला अरु गाउँमा मानिसहरुले विरोध । बुढिचौर गाउँका हिमबहादुर भलामीको जमिन १० बर्षका लागि लिजमा ल्याएर डोजर लगाएर घडेरी खनियो ।

अन्नतः अघिल्लो बर्षको बर्षायामा भलामी सहित उनको जमिनमा घडेरी किनेकाहरु सहितको करोडौंको क्षति भएको छ । सम्झौता रद्ध गर्ने पक्षमा रेसुङ्गा नगरपालिकाका मेयर देखिएका छन् । तर भलामी सहितका वासीन्दाहरु क्षतिपुर्ति नदिलाई सम्झौता रद्ध गर्न पाईदैन भन्ने माग गर्दै आएका छन् । यी र यस्ता यावत समस्या त्यस गाउँका वासीन्दाले सांसद श्रेष्ठ संग दर्शाएका थिए ।

सांसद श्रेष्ठले मोटर बाटो, खानेपानी, बिद्युत र त्यहाँका वासीन्दाहरुलाई आय आर्जनका लागि बाख्रा र बङ्गुर पालन लगायतको कृषि पशुपालनका कार्यक्रमहरु प्रदेश सरकारबाट पार्ने प्रतिवद्धता जनाए । सांसद श्रेष्ठ आफै भन्दै थिए–‘हामी मठ मन्दिर, सुन्दर पार्कहरु जस्तामा विकासका योजनाहरु पर्दछौं । तर जनताको सुरक्षित आवसलाई पहिलो प्राथामिता दिनु पर्दछ भन्ने सोच्दैनौं । त्यसैले बुढिचौरका जस्ता कैयौै जनता अशुरक्षित वस्तीमा बस्नु परेको हो ।’

वितमा बुढिचौरमा जनजातीहरुको पनि बाहुल्यता थियो । विस्तारै जनजातीहरु तल तम्घास बजार तर्फ बसाई सराई गरे । अहिले केही घर धुरी जनजाती , ब्राम्हणहरु पनि बसोवास गर्दछन् । ५० घर धुरी भएको त्यस वस्तीमा कम्तीमा प्रावि स्तरको विद्यालय चल्ने थियो । तर त्यहाँ एउटा वालविकास कक्षा समेत नहुँदा बोकेर तल एकाधा घण्टाको तुरीमा पर्ने उपल्लो तम्घासमा शाना नानी बाबु पुराउन बाध्य छन त्यहाँका अभिभावकहरु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।