ताजा अपडेट »

नेपालमा थप १ हजार ६१४ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु

विहीबार, ११ मंसिर २०७७, १६ : २३
12 Shares
विहीबार, ११ मंसिर २०७७
12 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६१४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ९ हजार ४३५ जना स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ । क्वारेन्टिनमा भने ६८० जना रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।