ताजा अपडेट »

बुटवलमा कार दुर्घटना, दुई जना घाइते

बुधबार, १० मंसिर २०७७, १६ : ५८
10 Shares
बुधबार, १० मंसिर २०७७
10 Shares

बुटवल । बुटवलको कालिकानगरमा कार दुर्घटना भएको छ । बुटवलबाट भैरहवा तर्फ जाँदै बा १२ च ७४५६ गरेको कार तीव्र गतिका कारण कालिका मानव ज्ञान माविको अगाडी दुर्घटना भएको हो । कारमा दुई जना सवार रहेको दुर्घटनाबाट दुवै जना घाइते भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

उनीहरुको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ । तीव्र गतिको कार अनियन्त्रीत भई सडकको डिभाइडरमा ठोक्किएर सडकको अर्को लाइनमा पुगेको थियो । दुर्घटनाबाट कार क्षेतविक्षेत भएको छ । घटनाको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

https://youtu.be/Dg5Kg5_BPKU
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।