१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

लहान । डिएपी मल आएपछि सिरहामा आजदेखि रासायनिक मलको बिक्री वितरण शुरु भएको छ । गहुँबाली लगाउनै लाग्दासमेत मल नपाएपछि निराश बनेका सिरहाका किसानलाई लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कार्पोरेशनले डिएपी मलको बिक्री वितरण शुरु गरेको हो ।

Advertisement

कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आएपछि सहकारी संस्थाका डिलरमार्फत किसानलाई डिएपी मल वितरण गर्न थालेको कृषि सामग्री कम्पनी लिमिटेड लहानका प्रमुख जीवनराज पौडेलले जानकारी दिए ।

“हामीलाई दुई दिनअघि कोटा छुट्टयाएर ३३० मेट्रिक टन डिएपी वितरणका लागि मल प्राप्त भएको छ”, प्रमुख पौडेलले भने, “मल आए लगत्तै बिक्री वितरण शुरु गरेको र सहकारी डिलरमार्फत अहिलेसम्म १५० मेट्रिक टन वितरण गरिसकेका छौँ ।” अब हामीसँग १८० मेट्रिक टन डिएपी मल गोदाममा मौज्दात रहेको प्रमुख पौडेलको भनाइ छ ।

यस्तै साल्टट्रेडिङ कार्पोरेशनले पनि डिएपी मलको बिक्री वितरणको तयारी थालेको छ । “हामीलाई ७६० मेट्रिक टन अर्थात् १० हजार बोरा डिएपी मल प्राप्त भएको छ”, साल्ट ट्रेडिङ कर्पोरेशन लहानका प्रमुख जीतेन्द्र साहले भने, “गाउँ गाउँमा सहकारीको डिलर बनिसकेको छैन, जसका कारण मल बिक्री वितरण गर्न समस्या भइरहेको छ ।” सहकारीको डिलर बन्ने वित्तिकै डिएपी मलको बिक्री वितरण शुरु गरिने प्रमुख साहको कथन छ ।

सिरहामा डिएपी मल आए पनि युरिया मल भने अभाव रहेको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लहानले जनाएको छ । गहुँबाली छर्ने बेला भएकाले डिएपी र युरिया मलको माग बढे पनि लामो समयदेखि आपूर्ति नहुँदा सिरहामा डिएपी र युरिया मलको आभाव भएको छ । सरकारी अनुदानको डिएपी र युरिया मल वितरणको जिम्मा सिरहामा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले पाएका छन् । सिरहामा कूल खेतीयोग्य ६० हजार ७०० हेक्टर क्षेत्रफलमध्ये ७० प्रतिशत क्षेत्रफलमा गहुँखेती हुने गरेको कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग