१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023


परासी । नेवार समुदायमा जन्मे,हुर्केर पनि पश्चिम नवलपरासीको सामुदायिक रेडियो परासीमा भोजपुरी भाषामा अत्यन्त मिठासपूर्ण शैलीमा कार्यक्रम सञ्चालन तथा विज्ञापनमार्फत आवाजले मोहित पार्न सक्ने रेडियोकर्मी धनेश्वर श्रेष्ठको निधन भएको छ। बालापनदेखि नै परासीको स्थानीय बासिन्दा रहेको हुनाले यहाँको स्थानीय भाषामा बोल्न सक्ने रेडियोकर्मी धनेश्वर श्रेष्ठको भोजपुरी आवाज रेडियोमा गुञ्जिदा छुट्याउन सकिन्थ्यो।

श्रेष्ठलाई पश्चिम नवलपरासीका पत्रकारिता गर्नेहरूले भोजपुरी आवाजका निम्ति प्रेरणाको रुपमा लिने गरेका छन्। पश्चिम नवलपरासीमा रहेको पहिलो सामुदायिक रेडियो परासीका शेयर सदस्य तथा रेडियोको स्थापना कालदेखि नै विज्ञापन शाखा प्रमुखको रुपमा कार्यरत मिलनसार तथा सरल स्वाभावका धनी धनेश्वर श्रेष्ठको असामयिक निधनले रेडियोले आवाजको सफल कलाकार गुमाएको अध्यक्ष सुमन गोपाल आचार्यले बताए।

पश्चिम नवलपरासीको भोजपुरी भाषा र पत्रकारिता करिब १७ वर्षसम्म गरेको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघको सदस्यता निम्ति सिफारिस पठाएको एक पत्रकार गुमाउनु पर्दा महासंघलाई नै ठूलो क्षति हुन पुगेको नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले बताए। सोमबार भएको श्रेष्ठको निधनले एक कर्मठ ,सक्षम र लगनशील रेडियोकर्मी गुमाएको स्थानीयले बताएका छन्।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’