१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाण्डौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार ८०० को विन्दु पार गरेको हो । आइतबार र सोमबार मात्रै झण्डै रु १२ अर्ब बराबरको कारोवार भएको बजारमा आज पनि कारोवार रकम रु पाँच अर्ब ४४ करोड बराबरको भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा दाहोरो अङ्कको वृद्धि भयो । स्टकका अनुसार नेप्से २९.६८ विन्दुले उकालो लागेर एक हजार ८१०.११ म पुगेको छ ।

Advertisement

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४२ विन्दुले उकालो लागेर ३४९.३७ मा पुगेको छ । कूल १९६ कम्पनीको एक करोड १७ लाख ४८ हजार ५२० कित्ता शेयर रु पाँच अर्ब ४४ करोड २९ लाख ५० हजार १८९ मा खरीदबिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको शेयर ओरालो लाग्दा अन्य ११ उपसमूहको शेयर भने उकालो लागेको छ । होटल ३४.९२ विन्दुले ओरालो लागेको छ । यस्तै बैंकिङ १.४४, व्यापार १७२.६३, विकास बैंक १२.८६, जलविद्युत् २१.३२, वित्त ६.२३, निर्जीबन बीमा ३२७.५१, उत्पादन २२७.१२, अन्य ६१.५१, लघुवित्त २५.५९, जीवन बीमा २४८.५२ र सामूहिक लगानी कोष ०.१ विन्दुले उकालो लागेका छन् । कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ ।

सो बैंकको रु ३७ करोड ३३ लाख ८६ हजार ५०५ बराबरको कारोवार भयो । यस्तै नेपाल दूरसञ्चार कम्पनी रु २८ करोड ५१ लख १७ हजार १८८, नेपाल पुनर्बीमा कम्पनी रु २५ करोड ८२ लाख तीन हजार ५७९, हिमालयन डिस्टिलरी रु २० करोड ९४ लाख ७८ हजार २५७, नेको इन्स्योरेन्स रु २० करोड १४ लाख ७३ हजार ५८६, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रु १८ करोड ९९ लाख २४ हजार ९८८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १८ करोड ३३ लाख १४ हजार २६८, नेपाल बैंक लिमिटेड रु १७ करोड ६९ लाख ७० हजार २८३ र शिवम् सिमेन्ट रु १५ करोड २३ लाख दुई हजार ५४२ बराबरको कारोवार भई शीर्ष स्थानमा छन् ।

कारोबार भएका कम्पनीमध्ये १२४ को शेयर उकालो लागेको छ भने ३५ कम्पनीको शेयर ओरालो लाग्दा १३ को भने कुनै परिवर्तन भएन । कारोवारका आधारमा आज बोटलर्स नेपाल तराई ९.९९, हिमालयन डिष्टिलरी ९.९८, विशाल बजार कम्पनी ९.९५, आँखु खोला जलविद्युत् कम्पनी ९.९२, मल्टीपर्पोज फाइनान्स ९.८७, अजोड इन्स्योरेन्स ९.८६, ङादी ग्रुप अफ पावर ९.७३, नेको इन्स्योरेन्स ९ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ८.८२ प्रतिशतले कमाए । यस्तै सोल्टी होटल ३.२०, सप्तकोशी डेभलपमेन्ट कम्पनी ३.०७, जानकी फाइनान्स २.६५, युनिलिभर नेपाल २, अपि पावर कम्पनी १.९२, एभरेष्ट बैंक १.७८, गणपति माइक्रोफाइनान्स १.७८, हिमालयन बैंक १.५०, नेपाल फाइनान्स १.४९ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १.३५ प्रतिशतले गुमाए ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग