१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

नयाँ दिल्ली । कोरोना भाइरसबाट धेरै प्रभावित मुलुकको अग्रपक्तिमा रहेको भारतमा थप झण्डै ३८ हजार मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ९७५ जना सङ्क्रमित भएका हुन् ।

Advertisement

योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ९१ लाख ७७ हजारभन्दा बढी पुगेको अधिकारीले जानकारी दिएका छन् ।

सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाको संख्या भने ८६ लाख पुगेको पनि भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ३४ हजार २१८ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये ४८० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

पछिल्लो एक दिनमा मृत्यु भएकामध्ये १२१ जना केन्द्रीय राजधानी दिल्लीका मात्रै रहेको जनाइएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको संख्या भने पाँच लाख भन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै