ताजा अपडेट »

एकैदिन १८ सयले घट्यो सुनको मूल्य

मंगलबार, ०९ मंसिर २०७७, १२ : ५१
4 Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा १ हजार ८ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९२ हजार रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा ३० रुपैयाँले घटेर एक हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।