१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाण्डौं । कोरोना भाइरस सङ्क्रमणबाट बच्न गत वर्ष चैत ११ देखि बन्दाबन्दी जारी गरिएसँगै बन्द रहेको धार्मिक पर्यटकीयस्थल नखुल्दा व्यवसायी भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुपअघि स्वर्णदीप मनि चेञ्जर सञ्चालन गर्दै आएका हरिप्रसाद घिमिरे व्यवसाय बन्द रहेकाले गत असारमा चार जना कामदारलाई बिदा दिएको बताउँछन् । बौद्ध क्षेत्रको विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गठन गरेको बौद्धनाथ क्षेत्र विकास समितिको सटर भाडामा लिनुभएका घिमिरे भाडा तिर्न नसकेपछि सहुलियतको माग गर्दै कार्यालय पुगे । घिमिरेलाई समितिका कार्यकारी निर्देशक वसन्त लामाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बन्दाबन्दी खुलेर अरु धेरै क्षेत्र खुले पनि बौद्ध चैत्य पर्यटकका लागि खुला गरिएको छैन । बौद्धमा पर्यटक नआए घिमिरे जस्ता सयौँ व्यवसायीको व्यवसाय चल्दैन । बौद्ध क्षेत्रमै पर्यटकलाई नै लक्ष्य गरेर व्यवसाय गर्ने सयौँ व्यवसायी नौ महिनादेखि आम्दानी नहुँदा जीवन चलाउन मुस्किल हुन थालेको गुनासो गर्छन् । हातमा बोकेर नेपाली मौलिक उत्पादन पर्यटकलाई बिक्री गर्दै आउनुभएका रणबहादुर श्रेष्ठको अवस्था पनि उस्तै छ । नौ महिनादेखि काम नहुँदा हातमुख जोर्न धौधौ पर्न थालेको उनको गुनासो छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक पर्यटकीयस्थल खुला गर्नुपर्ने व्यवसायीको माग छ ।

बौद्ध क्षेत्रमा आव २०७४/७५ मा दुई लाख ५२ हजार ३०४ पर्यटक आएका थिए । यसैगरी आव २०७५/२०७६ मा दुई लाख ६४ हजार १६७ पर्यटक आए । आव २०७६/२०७७ मा भने दुई लाख २७ हजार ५२४ पर्यटक आएको कार्यकारी निर्देशक लामाले जानकारी दिए । गत आर्थिक वर्षको वैशाख, जेठ र असारमा बन्दाबन्दीका कारण एक जना पनि पर्यटक बौद्ध छिरेनन् । चालू आवको साउन, भदौ, असोज, कात्तिक र यो महिनाको पहिलो हप्ता बित्दा समेत पर्यटकीय क्षेत्र कहिले खुला हुने निश्चित छैन । बौद्ध क्षेत्रमा सार्क देशका पर्यटकसँग रु १०० र अन्य देशका पर्यटकसँग रु ४०० शुल्क लिने गरिएको छ । पर्यटकका लागि खुला नगरिँदा शुल्क नउठेकाले यस क्षेत्रका विकास निर्माणका कामसमेत प्रभावित भएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग