Mar 30, 2023
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमा प्रतिनिधि सभा सदस्य चयन भएका मोहन पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार सभामुख अग्नि सापकोटाले संसद सचिवालय सिंहदरबारमा स्याङ्जाका पाण्डेलाई सांसद पदको सपथ गराएका हुन् ।
प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा पाण्डे चयन भएका हुन् । केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको थियो । आयोगको पत्र प्राप्त भएपछि पाण्डेलाई शपथ खुवाइएको हो ।
पाण्डे यसअघि २०७० सालमा पनि सांसद बनेका थिए ।
प्रतिकृया दिनुहोस्