१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

गलकोट । जिल्लाका सुन्तला कृषक अहिले चिन्तित भएका छन् । सुन्तला पाक्ने समयमा सुन्तला धमाधम बोटबाट झर्न थालेपछि किसान यतिबेला निराश बन्न थालेका छन् । सुन्तलाबाटै वार्षिक रु छ लाख आम्दानी गर्दै आएका बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का अहिले सुन्तला झरेपछि चिन्तित मुद्रामा छन् ।

Advertisement

आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका खड्काले अहिले बोटबाट आधा सुन्तला औँसे किराको प्रकोपले झर्न थालिसकेको बताए । “पाक्ने बेलाका सुन्तला भकाभक झर्न थालेको छ”, खड्काले भने, “बिक्री गर्नका लागि बजारको बन्दोबस्त मिलाउँदै गरेको अवस्थामा सुन्तला झरेपछि यो वर्ष आम्दानी थोरै हुने देखेको छु ।”  

यसपटक सुन्तलाको आम्दानी गर्ने बेलाका सुन्तला झर्न थालेपछि बागलुङ जिल्लामै राम्रो सुन्तला पाइने सिगानाका सुन्तला टोपबहादुर खड्का, रामबहादुर खड्कालगायतका किसान मर्कामा परेका हुन् । “बोटमा भन्दा भुइँमा धेरै सुन्तला हुन थाल्यो”, रामबहादुर खड्काले भने, “मुख्य आम्दानीको रूपमा रहेको सुन्तला झरे पनि नगरपालिका, सुन्तला जोन र कृषि ज्ञान केन्द्रले ध्यान नदिँदा समस्या भयो ।” सुन्तला धेरै उत्पादन हुने काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको भकुण्डे, तित्याङलगायतको स्थानमा समेत सुन्तला पहेँलो भएर झर्ने समस्या देखिएको काठेखोला गाउँपालिका–६ बिहुँका वडाध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिए । 

आधिकारिकरूपमा किसानको गुनासो नआएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुन्तला एकाइ म्याग्दीका प्रमुख सुधीर थापाले जानकारी दिए । “अहिले कर्मचारी अभाव छ, काम गर्न सकिएको छैन, त्यसैले गुनासो नआएको होला”, थापाले भने, “गत वर्ष केही किसानको समस्या तत्कालै समाधान गरेका हौँ, अहिले त्यस्तो गुनासो आएमा औषधि प्रदान गर्नेछौँ ।” थापाका अनुसार किसानले पनि समयमै औषधि तथा स्याहारसुसार गर्नुपर्ने र औँसे किरा लागेमा सही व्यवस्थापन गर्नुपर्दछ ।

बागलुङ जिल्लाको बिहुँ, सिगाना, भकुण्डे, दमेकलगायतका सुन्तलाका पकेट क्षेत्रमै सुन्तला पहेँलो भएर किरा परेर झर्न थालेको छ । यस क्षेत्रमा सुन्तलासँगै जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायतका फलफूलमा यो रोगको सङ्क्रमण फैलिएको छ । पाक्ने समय नहुँदै पहेँलो हुने र झर्ने समस्याले सुन्तला खेतीमा गम्भीर समस्या आएको बागलुङ–८ सिगानाका वडाध्यक्ष  राजन जिसीले जानकारी दिए । उनले रोग पहिचान र रोकथाममा तत्कालै सम्बन्धित निकायले कदम नचाल्ने हो भने सुन्तला किसानले ठूलो क्षति बेहोर्नुपर्ने बताए । 

सबैभन्दा बढी सुन्तला झर्ने अवस्था बागलुङको सिगानामा आएको किसान बताउँछन् । अहिले पहेँलो भएर झरेको सुन्तला औंसे किराकै प्रकोपका कारण भएको कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी विश्वास काफ्लेले जानकारी दिऐ । अहिले झरेको सुन्तलाको फल सही व्यवस्थापन गर्न नसके अर्को वर्ष झनै समस्या हुने भएकाले किसानलाई झरेको सुन्तलाको सहीरुपमा व्यवस्थापन गर्न आवश्यक रहेको काफ्लेको भनाइ छ ।  

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’