१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

बुटवल । नवलपरासीका युवा उद्योगी धिरजकुमार अग्रवाल लगातार दुई पटकसम्म उत्कृष्ट कर दाता बनेका छन् । जिल्लाबाट सबैभन्दा धेरै आयकर बुझाउने उद्योगीका रुपमा आन्तरिक राजस्व कार्याले भैरहवाले उनलाई दोस्रो पटक आज आइतबार सम्मान गरेको छ । उनी नवलपरासी सुस्ता पश्चिमका उत्कृष्ट करदाता बनेका हुन् । आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी कर बुझाउने उनी त्यस अघिको आर्थिक वर्ष ०७४/७५ मासमेत नवलपरासीबाट सबैभन्दा धेरै आयकर तिर्ने उद्योगी बनेका थिए ।

मारुती बिजनेश कन्सर्न प्रा.लिका प्रबन्ध निर्देशक अग्रवाललाई राजस्व कार्यालय भैरहवाका प्रमुख मुक्तिराम आचार्यले प्रमाण पत्रसहित सम्मान गरेका छन् । ९ औं कर दिवसको अवसरमा आयोजित एक कार्यक्रमका बिच मारुती विजनेश कन्सर्नलाई सम्मान गरिएको हो । परासी बुद्धचोकमा रहेको मारुती बिजनेश कन्शर्न प्रा.लि. २०७३ सालदेखि सञ्चालनमा छ । उनका पिता अनिल अग्रवाल सो क्षेत्रका स्थापित ब्यावसायि हुन् । पिता अनिल अग्रवाले सुरुवात गरेको उक्त कम्पनिको नेतृत्व र जिम्मेवारी भने धिरजले नै सम्हाल्दै आएका छन् ।

आइतबार भैरहवामा आयोजित कार्यक्रममा रुपन्देही र नवलपरासीका सबैभन्दा बढि कर तिर्ने करदातालाई सम्मान गरिएको थियो । ‘स्वच्छ कर प्रशासन विकास र सुशासन’ भन्ने मूल नाराका साथ यहि मंसिर १ गते देखि आज आइतबारसम्म कर सप्ताह मनाइएको हो । कर सप्ताह समापनको अवसरमा आन्तरिक राजश्व कार्यालयहरुले विभिन्न कार्यक्रम गर्दे आएका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई