१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023


बुटवल । लुम्बिनी प्रदेश सरकारले बुटवलमा शेयर बजारको क्षेत्रलाई विस्तार गर्ने तयारी गरिरहेको छ । नेकपा लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशको राजधानी भालुवाङ सरे पनि धितोपत्र बोर्डको कार्यालय बुटवलमा स्थापना गरेर आर्थिक क्षेत्रको विकासमा जोड दिइने बताए । उनले प्रदेशमा शेयर बजारको दायरा फराकिलो बनाउने गरी प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए

Advertisement

शनिबार रुपन्देहीको सैनामैनामा व्यापार सङ्घले आयोजना गरेको संस्थाको पाँचौँ अधिवेशनमा उनले लुम्बिनी प्रदेशमा शेयर बजारको सम्भावना रहेकाले प्रदेश सरकारले शेयर बजारलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए। प्रमुख सचेतक ढकालले भने, “यस क्षेत्रमा बजारको राम्रो सम्भावना छ, राजधानी दाङ गए पनि समस्या हुँदैन, सरकार लगानीकर्ता र व्यवसायीको हितका लागि प्रतिबद्ध छ ।” पूँजी बजारको विस्तारका लागि छरिएर रहेको पूँजी वा सानो–सानो बचतमार्फत ठूला आयोजना निर्माण गर्न सकिने ढकालको भनाइ छ ।

उनले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधानका लागि रुपन्देहीको कञ्चन गाउँपालिकाबाट कामको थालनी भएको जानकारी गराउँदै सो समस्या छिट्टै समाधान हुनेमा प्रतिबद्धता व्यक्त गरे । प्रदेशसभा सदस्य कमला विश्वकर्माले कोरोना सङ्क्रमणका कारण देशको अर्थतन्त्रमा नराम्रो असर परेको बताउँदै देशको अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायीको सहभागिता अपरिहार्य रहेको बताए।

सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले संस्थाको भवन निर्माणका लागि नगरपालिकाले छिट्टै नै जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेकपाका सैनामैना संयोजक चेतनारायण न्यौपाने, नेपाली काँग्रेसका नगर सभापति रामप्रसाद अधिकारी, तिलोत्तममा व्यापार सङ्घका अध्यक्ष जेपी कँडेललगायतले बोल्दै व्यवसायीहरुको हित र व्यवसाय प्रवद्र्धनका लागि तीनै तहका सरकारले महत्वपूर्ण भूमिका रहने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई