ताजा अपडेट »

बुद्ध र तिलौराकोट बारे विस्तृत व्याख्या गर्ने चर्चित बालक राहुल सम्पर्कविहिन

मंगलबार, १८ कार्तिक २०७७, १८ : ११
26 Shares

बुटवल । सानै उमेरमा ऐतिहासिक बुद्ध स्थल तिलौराकोट र बुद्धको जीवनी बारे परिचय दिएर र पर्यटकलाई व्याख्या गरेर चर्चामा आएका कपिलबस्तु तिलौराकोटका ११ वर्षिय राहुल शाहनी सम्पर्कविहिन भएका छन् । कपिलबस्तु नगरपालिका–३ घर भएका शाहनी सोमबार विहानदेखि सम्पर्कविहिन छन् । विहान ९ बजे नजिकैको सिद्धार्थ ईं.बो.स्कूल जान हिँडेका उनी विद्यालय भित्र प्रवेश नगरेको विद्यालयले जनाएको उनका बुवा रिंकु शाहनीले बताए ।

राहुलका साथी,छिमेकी र आफन्तहरु लाई सोधपुछ गरिसकेपछि पनि उनको बारे केही जानकारी नभ्एको उनले बताए । उनले भने ‘ म विहान ८ बजे कामको लागि निस्के उ ९ बजे स्कूल जान भनेर गएको हो । तर,राती अवेरसम्म आएन । स्कूलमा सोद्धा उ नपुगेको बताए ।’ उनी घरबाट साइकल लिएर विद्यालय हिँडेको र अहिले यो समाचार तयार गर्दासम्म सम्पर्कमा नआएको बताउँदै छोरा खोज्दिन आग्रह पनि गरेका छन् ।

सामान्य परिवारका ११ वर्षिय राहुललेसाहनी गौतमबुद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने विभिन्न देशका पर्यटकलाई यहाँको भौतिक संरचनाका विषयमा बुझाउने गर्छन् । उनीसँग नेपाली, हिन्दी, अंग्रेजी, चिनियाँ, थाईलगायत सात देशका भाषाको ज्ञान रहेको छ । तिलौराकोटको ऐतिहासिक तथ्य र महत्व बारे विस्तृत रुपमा पर्यटकलाई जानकारी गराएर चर्चसँगै परिचित पनि छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।