ताजा अपडेट »

सलमानकी प्रेमिकालाई शहीदले अपशब्द प्रयोग गरेपछि हत्या

आइतबार, ०९ कार्तिक २०७७, १८ : ५०
12 Shares


भक्तपुर । भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भई हाल भक्तपुर ईटापाको मेटल कारखानामा बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई हाल सोही कारखाना बस्ने २३ वर्षीय सलमान खान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिए ।

शनिबार राति करिब ९ बजे तीन जनासँगै बसेर मदिरा सेवन गरेको र सोही क्रममा सलमानकी प्रेमिकालाई शहीदले अपशब्द प्रयोग गरेपछि कोठामा फर्कने क्रममा खान र अन्सारीले ढुङ्गा तथा इँटाले मुख र टाउकोमा हानेर हत्या गरी नर्कटघारीमा शव खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आज बिहान पैदलयात्रीले शव देखेर प्रहरीलाई खबर गरेपछि अनुसन्धानका क्रममा प्रहरीले ती दुईलाई पक्राउ गरेको र घटनाबारे ती दुई स्वीकार गरेको प्रहरी उपरीक्षक थापाले बताए । घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए। -

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।