२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

धनुषा । जनकपुरमा नवरात्रका प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै छ ।

Advertisement

प्राचीन मिथिलाको राजधानी तथा अहिले प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरको श्रीराम मन्दिरको उत्तरपट्टी रहेको राजर्षी जनककी कुलदेवी राजदेवी मन्दिरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा अहिले पनि कायमै छ । सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको हुन्छ, त्यही झ्यालबाट पूजाअर्चना गरेर फर्किनुपर्छ । 

राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको मन्दिरका पुजारी राम गिरीको भनाइ छ । त्यस्तै रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको हो । तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएको हुनसक्ने केहीको अनुमान छ ।

परम्परा छाडेर अहिलेसम्म कुनै पनि महिलाले सो अवधिभर भित्र पस्ने आँट नगरेको स्पष्ट पार्दै महन्थ गिरी भन्छन्, “विसं २०२० तिर नरेशानन्द गिरी नामका महन्थले यहाँको बलिप्रथा रोकेर बलि नचढाउँदा उनलाई अनिष्ट भएकाले पछि क्षमापूजा गरी बलि चढाइएको थियो ।” दशैंमा राममन्दिर र जानकी मन्दिरमा पूजाको विधि विधानमा फेर बदल नभए पनि पूजा गर्ने द्वार र महिलाको प्रवेशमा फरक हुने गरेको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई मन्दिर भित्र प्रवेश निषेध गरिए पनि त्यसपछि उनीहरुका लागि पनि खुला हुने महन्थ गिरीले बताए ।

घटस्थापनादेखि नवमीसम्म मन्दिरमा महिलाको प्रवेशमा रोक लगाउनुलाई अधिकारकर्मी विनोद रविदास धर्मको नाममा धार्मिक अन्धविश्वासको एउटा पराकाष्ठा मान्छन् । यसको विरोधमा जनकपुरवासीले महिलामाथिको यस्तो विभेद र छुवाछूतको अन्त्य गर्नुपर्ने जोडदार माग गर्दै आएका छन् ।

महिला अधिकारकर्मी तथा महिला पुर्नस्थापना केन्द्र धनुषाकी संयोजक रोजलिन बछार भन्छिन्, “यो कस्तो धर्म संस्कृति ! जहाँ शक्ति स्वरुपा महिलाको पूजा हुन्छ, त्यहीँ महिलालाई नै पूजापाठमा बन्देज र दुव्र्यवहार ! यस्ता परम्परामा सुधार हुनैपर्छ ।” 

केही स्थानीयवासीले परापूर्वकालदेखि चल्दै आएको परम्परालाई अनादर गर्नु उचित होइन भन्छन् । नगराईन नगरपालिका घोडघासका मिथिलेश झा भन्छन्, “परम्परा र चलिआएको धार्मिक मान्यतालाई चुनौती दिनुको कुनै अर्थ छैन् ।” देवी देवताको पूजा मनको आस्थाले हुन्छ । मन्दिरभित्र नै प्रवेश गरेर मात्र पूजा गर्नैपर्छ भन्ने कुनै आवश्यकता छैन उनको भनाइ छ । 

राजदेवी मन्दिरजस्तै जानकी मन्दिरको गर्भ गृहको मुख्यद्वारसम्म पनि वडा दशैंमा महिलाको प्रवेश निषेध गरिन्छ । जानकी मन्दिरमा महिलाले झुलनोत्सव हुने स्थानबाट मात्र दर्शन र पूजा गर्न पाउँछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता