२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

काठमाण्डौं । पछिल्लो २४ घण्टामा दुई हजार २२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तेह्र हजार ८४६ नमूना परीक्षण गर्दा एक हजार ४४६ पुरुष र ७७९ महिलामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६८१ पुरुष र ४२९ महिला गरी एक हजार ११० सङ्क्रमित थपिएका छन् ।

Advertisement

प्रदेश नं १ मा २२२, प्रदेश नं २ मा ८४, वाग्मतीमा एक हजार २१७, गण्डकीमा १४५, लुम्बिनीमा ३७३, कर्णालीमा ४२ र सुदूरपश्चिममा १४२ नयाँ सङ्क्रमित फेला परेका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार २३३ पुगेको छ । सङ्क्रमितमध्ये ६८ प्रतिशत अर्थात् एक लाख पाँच हजार ७९० पुरुष र ३२ प्रतिशत अर्थात् ४९ हजार ४४३ महिला छन् ।

पछिल्लो २४ घण्टामा दुई हजार ८४६ जना कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेको सङ्ख्या एक लाख आठ हजार ३३४ पुगेको छ जुन कुल सङ्क्रमितको ६९.८ प्रतिशत हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ हजार ५७ छ ।

२० हजार सक्रिय काठमाडौँमा
नेपालमा सबैभन्दा बढी सक्रिय सङ्क्रमित काठमाडौँमा छन् । काठमाडौँमा ५५ हजार ७७ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ३४ हजार २६३ निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ७२२ छ ।

यस्तै ललितपुरमा दुई हजार ५३३ र भक्तपुरमा एक हजार ४५४ सक्रिय सङ्क्रमित छन् । ललितपुरमा सात हजार ७६३ र भक्तपुरमा पाँच हजार १५० जनामा सङ्क्रमण पुष्टि भएको थियो । ललितपुरमा पाँच हजार १४९ र भक्तपुरमा तीन हजार ६४१ कोरोनामुक्त भएका छन् । काठमाडौँमा १९२, भक्तपुरमा ५५ र ललितपुरमा ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

काठमाडौँमा १० हजार ५०१, ललितपुरमा दुई हजार ६६४ र भक्तपुरमा एक हजार ७१९ सङ्क्रमित होम आइसोलेशनमा छन् । झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । मुस्ताङमा भने सक्रिय सङ्क्रमित छैनन् ।

सङ्क्रमितमध्ये ३०७ को सघन उपचार कक्ष र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । चौबीस घण्टामा कोरोनाबाट १३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ८४२ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

 

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता