१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

नवलपरासी । भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपको पर्यटकिय मार्ग जोड्ने पुल निर्माण शुरु भएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्रि बैजनाथ चौधरीको पहलमा पर्यटकिय स्थल भएर बग्ने झरही खोलामा पुल निर्माण कार्य शुरु भएको हो ।

Advertisement

चौधरी २०४९ सालमा तत्कालिन जिविस सझापति हुँदा नै परिकल्पना गरेको महामाया पर्यटकिय मार्ग विभिन्न चरणमा बने पनि सो मार्गमा पर्ने झरही खोला पुल नबनेका कारण समस्या रहेको थियो । तर अहिले प्रदेश सरकारको मन्त्रि भए पश्चात गत वर्ष दुई करोड रुपियाँ विनियोजन भए पछि यो वर्षदेखि पुल निर्माणको कार्य प्रारम्भ भएको छ । यसले रामग्राम स्तुप क्षेत्रको पर्यटकिय विकासमा योगदान पुर्याउनेछ । पुर्वपश्चिम राजमार्गको हरकट्टा देखी महामाया मार्गको रुपमा सडक रामग्राम स्तुप हुदै सदरमुकाम परासी देखी सिमावर्ति महेशपुर नाका जोडने सडकमा जाडेको छ । पुल नभएकै कारण स्थानीय मात्र नभई स्तुपमा आउने देशी विदेशी पर्यटकलाई पनि खोला तर्न समस्या रहेको थियो ।

पुलको निर्माण पछि स्थानीय उजैनी, देउरवा, लोहषणा,बैकुण्ठापुर, कुनुवार, पाडाटिकर, हरकट्टा गाउका बासिन्दालाई सिमा नाकासम्म आउजाउमा सहयोग मिल्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् । सडक बने पनि पुल नभएका कारण पर्यटक तथा स्थानीयबासीलाई समेत परासी स्थित झरही खोला पुलमा फर्केर जानु पर्ने बाध्यता थियो । एक दुई वर्ष भित्रै पुल बने पछि यो समस्या समाधान हुने रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताए ।

पुलका लागि स्थानीयले पटक पटक यस क्षेत्रका सांसद तथा मन्त्रिहरुलाई ध्यानाकर्षण गराउदै आएका थिए, उनले भने, तर अहिले यो महामाया मार्गको परिकल्पनाकर्ता नेता चौधरी आफै मन्त्रि भए पछि पुल बन्न सहज भएको हो । अन्य नेतामन्त्रिले चाँसो नलिए पनि सो मार्गको प्रारम्भ गराउने मन्त्रि चौधरीले आफ्नो बाचा पुरा गर्दै पुल बनाउन लगाएका छन् । स्थानीय मन्त्रि चौधरीको यो कार्यले खुशी छन् । पुलले पर्यटन क्षेत्रको विकास मात्रै नभई हजारौ स्थानीयको दिनचर्या सहज बनाउने उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर