ताजा अपडेट »

चलचित्र ‘भाँडाकुटी’मा मुकुन र बेनिशा…

आइतबार, ०२ कार्तिक २०७७, १४ : १६
6 Shares

बुटवल । किरण विकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘भाँडाकुटी’ मा मुकुन भुसाल र बेनिशा हमालले सँगै अभिनय गर्ने भएका छन् । घटस्थापनाको दिन पारेर शनिबार नयाँ फिल्म भाँडाकुटीको घोषणा गरिएको हो । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण गर्न लागिएको फिल्म भाँडाकुटीको एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको छ ।

चलचित्र भाँडाकुटी आउँदो फागुनमा बुटवल तथा त्यस आसपासका क्षेत्रहरुमा छायाँकन गरिने बताइएको छ । वैवाहिक परिवेश सहितको सामाजिक कथामा निर्माण हुन लागिएको फिल्मलाई किरण बिकले निर्देशन गर्दैछन् । विककै कथामा कलम खड्काले फिल्म निर्माण गर्न लागेका हुन् । ओस्कार फिल्म कलेज पास आउट भएका यूवाहरुको समूह फिल्ममा हाबी छ ।

विकले आफुहरु नयाँ र युवा भए पनि निखारिएर फिल्म क्षेत्रमा आएको बताए । विकले भाँडाकुटी नेपाली सिनेमा जगतमा नयाँ हाइटको फिल्म हुने दावी गरे । २०७८ साल लक्षित गरेर प्रदर्शन टार्गेट गरेको फिल्मलाई निशल पौडेलले खिच्ने भएका छन् । फिल्ममा राज कुमार दर्जीको कोरियोग्राफ्री र भीम विकको सम्पादन रहने छ । फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् ।

झण्डै एक करोड रुपैयाँ लगानीमा नयाँ टिमले फिल्म भाँडाकुटी निर्माण गर्न लागेका हुन् । समाजको कथालाई नयाँ ज्ञान सहित पूरा अनुभवहरुको साथमा राम्रो फिल्म बनाउने उद्देश्य सहित नयाँ टिम आएकोले सबैले सहयोग गरिदिन निर्देशक किरणले बताए । यो चलचित्रले आम नेपालीको मन जित्ने निर्माता पक्षको दाबी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।