ताजा अपडेट »

बुटवलको एक घरमा आगलागी,मेडिकल र मोबाइल पसलमा क्षति

आइतबार, ०४ असोज २०७७, २१ : ४१
12 Shares

बुटवल । बुटवलमा आगलागी भएको छ । बुटवल–११ देविनगर मनकामना पथमा आगलागी भएको हो । तीन तल्ला रहेको घरको पहिलो तल्लामा रहेको मोबाइल पसलबाट आगलागी सुरु भएको स्थानीयले बताए । राती ९ बजे आगलागी भएपनि दमकल भने आधा घण्टा पछि आएको स्थानीय केदार घिमिरेले बताए ।

बुटवल उपमहानगरको दमकल, प्रहरी लगाएतले आगो निभाउने प्रयास गरेपनि मेडिकल र मोबाइल पसलमा भने पूर्ण क्षति भएको उनले बताए । आगलागी भएको उक्त घर भीम बहादुर थापाको ,क्षति भएको मेडिकल लक्ष्मण नेपालीको र मोबाइल पसल कृष्ण नेपालीको बताइएको छ। मोबाइल पसलबाट सुरु भएको आगलागीले पूरै घरमा के कति क्षति गर्यो भन्ने बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।