ताजा अपडेट »

रोटरीद्वारा ‘माई रोटरी एकान्ट’ खोल्न आह्वान

शनिबार, ०३ असोज २०७७, १२ : १६
6 Shares

बुटवल । रोटरी क्लब अफ बुटवलको १३३० औं नियमित बैठकमा माई रोटरी एकान्ट बारे छलफल भएको छ । गत सोमबारको बैठकमा रोटरी इन्फर्मेशन सम्बन्धी प्रस्तावमा छलफल गरिएको थियो भने आज शनिबार एकान्ट खोल्न सबैलाई आग्रह गरिएको थियो । क्लबका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा क्लबका सचिव रोम शर्माले क्लबका सबै सदस्यहरुलाई रोटरी एकाउन्ट खोल्न आग्रह गरेका छन् ।

एकाउन्टबाट रोटरी सम्बन्धी धेरै कुराहरुको जानकारी लिन सकिने उनले बताए । सेप्टेम्बर महिना ‘माई रोटरी एकाउन्ट’ मा रजिष्ट्रेशनको महिना समेत भएकाले यसमा आवद्ध नभएका सबैलाई तत्काल आवद्ध हुन उनले आग्रह गरे । बैठकमा उनले माई रोटरी एकाउन्ट विशेष तालिम सञ्चालन गर्दै एकाउन्ट खोल्ने तरिकाका बारेमा सहजीकरण गरे । बैठकमा सर्भिस कमिटी चेअर मधु प्रसाद अर्यालले रोटरी एकाउन्टबाट सर्भिस प्रोजेक्टहरुका बारेमा समेत जानकारी लिन सकिने उल्लेख गर्दै यसबाट लाभ उठाउनका लागि समेत माइ रोटरीमा आवद्ध हुनुपर्ने बताए ।

एकान्टमा क्लबका सदस्यहरुलाई चाहिने सूचनाहरु दिएको उल्लेख गर्दै उनले यसको भरपुर मात्रामा उपयोग गर्न पनि आग्रह गरे । उनले रोटरी प्रोफाइल कसरी परिवर्तन गर्ने भन्ने कुराको समेत जानकारी गराए । बैठकमा मणिरत्न पाण्डे, शिवकुमार ज्ञवाली, रामचन्द्र पन्थी, सावि बि.क.लगायतले धारणा राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।