May 31, 2023
बुटवल । नेपाली बजारमा सुनको भाउ तोलाको झण्डै १ लाख पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । आज सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको थियो । आईतबबार चाँदीको भाउ पनि बढेको छ । आइतबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार २ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
अन्तराष्ट्रिय बजारमा सुनचाँदीको भाउ बढेसँगै त्यसको असर नेपाली बजारमा परेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्