२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

कर्णाली । सुर्खेतको भेरीगङ्गा नगरपालिका– १३ ठूलो करेलीका किसान सलह कीराले मकैबालीमा क्षति पु¥याएपछि चिन्तित छन् । बाली भित्र्याउने बेलामा सलहको बथानले नोक्सान पारेपछि किसानले यस वर्ष खाद्यान्न अभाव हुने चिन्ता गरेका छन् ।

Advertisement

सलहले सुर्खेतको रामघाट क्षेत्रमा बढी क्षति गरेको छ । यहाँ ४० प्रतिशत बालीमा क्षति पु¥याएको किसानको दाबी छ । भेरीगङ्गा १३ का कमल विश्वकर्माले ६ रोपनी जग्गामा लगाएको मकैबाली सलहले क्षति गरेको बताउनुभयो । “कोरोनाले गर्दा पैसा कमाउन भारत जान सकिने अवस्था छैन्, लगाएको बाली सलहले खाइदियो,” उहाँले गुनासो गर्नुभयो, “अब कसरी गुजारा चलाउने भन्ने पीर लाग्न थालेको छ ।” सोही ठाउँका नरबहादुर बिसीको १४ रोपनी जग्गामध्ये १० रोपनीमा लगाएको बालीमा सलहले क्षति गरेको छ ।

रामघाट क्षेत्र आँप खेतीका लागि प्रख्यात छ । तर लकडाउनले आँप बिक्रीमा समस्या भएको किसानको गुनासो छ । “आँप बिक्री भएको भए केही राहत हुन्थ्यो, बिक्री भएको आँपले राम्रो मूल्य पाएन, मकैबालीसमेत सलहले नष्ट गरिदियो”, नरबहादुरले भन्नुभयो । स्थानीय र प्रदेश सरकारले क्षतिको मूल्याङ्कन गरी राहत उपलब्ध गराउनुपर्ने त्यस क्षेत्रका किसानको माग छ । सलहले बालीमा क्षति पु¥याएपछि प्रदेश सरकारका कृषि तथा सहकारीमन्त्री विमला केसीलगायतको टोलीले केही दिन अघि स्थलगत अवलोकन गरेको थियो ।

मन्त्री आफै खेतबारीमा आएर क्षतिको अवस्था बुझेर फर्केपछि आफूहरुलाई राहत पाउने आशा जागेको अर्का किसान पविसरा परियारको भनाइ छ । केही दिन पहिले कर्णालीमा ठूलो समूहमा सलहका झुण्ड देखिएका थिए । प्रतिकूल मौसमका कारण सानो–सानो झुण्डमा सलह देखिने गरेका छन् । सलहले क्षति पु¥याउनसक्ने खतरा भने अझैं रहेको कृषि प्राविधिक बताउँछन् । सुर्खेतमा १०० हेक्टर बालीमा क्षति पु¥याएको प्रारम्भिक तथ्याङ्क छ । भेरीगङ्गा नगरपालिकाको रामघाट, वीरेन्द्रनगरको गर्पन, चिङ्गाड गाउँपालिकाको केही स्थानमा सलहले ठूलो क्षति गरेको छ ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये मुगुमा मात्र सलह देखापरेको छैन । पूर्वी सुर्खेतमा जस्तै अन्य जिल्लामा ठूलो सङ्ख्यामा आएको सलहले बाली नोक्सान गर्दा किसान चिन्तित छन् । सलह कीराले मकै, धान, कोदो र तरकारी नष्ट गरेको किसानको गुनासो छ । यद्यपि, क्षतिको यकिन विवरण भने सङ्कलन भइसकेको छैन् ।

एकीकृत कृषि प्रयोगशालाका बाली सङ्रक्षण अधिकृत घनश्याम केसीले क्षतिको विवरण सङ्कलनको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार हालसम्म दैलेखमा १९० हेक्टरमा लगाइएको मकै, कोदो लगायतको बालीमा सलहले क्षति पु¥याएको छ । दैलेखको नौमूले क्षेत्रमा सलहले बढी क्षति पु¥याएको छ । सल्यान, जाजरकोट, जुम्ला, कालीकोट लगायतका जिल्लामा पनि सलहले क्षति गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ