२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

बुटवल । युवा पुस्ताका आशा लाग्दा रुपन्देहीका गायक चिरञ्जीवी भण्डारीका एक पछि अर्को गर्दै क्रमशः निरन्तर गीतहरु सार्वजनिक भइरहेका छन् । ती गीतहरु क्रमशः फरकपनसँगै सफल पनि हुँदै आएका छन् । उमेरले २ दशक मात्रै नाघेका रुपन्देहीको तिलोत्तमाका भण्डारी सांगितीक क्षेत्रका आशा लाग्दा प्रतिभा मात्रै होइन उनि नक्षत्र नै बन्ने प्रबल सम्भावनालाई उनका गीतले साकार पार्दै आएका छन् । काठमाण्डौंमा रहेर संगीतलाई साधनाका रुपमा लिई संघर्षरत उनी युवा पुस्ताका चर्चित गायक अन्तर्गत पर्न सफल भएका छन् ।

Advertisement

यस अघि चर्चित गायिका मेलिना राइसँग ‘डुइट सङ्ग ’ बिस्तारै,विस्तारै… बोलको गीतबाट चर्चा र सफलता दुबै प्राप्त गरेका उनी विस्तारै–बिस्तारै पछि ‘बदमास’ को म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । हालै सार्वजनिक उनको बदमास भिडियोमार्फत पनि विगतका म्यूजिक भिडियोहरु जस्तै सफलता प्रदान गर्दैछन । उक्त भिडियो यूूट्यूूबममार्फ सार्वजनिक भएको केहि दिनमै दुई लाख बढी भ्यूअर्सले अवलोकन गरेका छन् । गीत सार्वजनिक भएलगत्तै राम्रो प्रतिक्रिया प्राप्त गरेको उनले बताए।

प्रायः सबै विधाका गीत गाइसकेका युवा गायक चिरञ्जीवी भण्डारीले बदमास फास्ट मोशनको गीत र चर्चित मोडल सोनिका रोकायाको अभिनयले थप आकर्षक बनाएको छ । गीतको म्यूजिक भिडियोमा सोनिकालाई दिपेन्द्र र चिरञ्जिवीले साथ दिएका छन् । उक्त गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन् । गीतमा शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् भने पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् । दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्यूजिक भिडियो ओएसआर डिजिटलको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

आधा दर्जन बढी चर्चित गीत गायका भण्डारी प्लेव्याक पप गायक तथा संगीतकार हुन् । विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा अगाडि बढ्दै आएका उनको वि.सं.२०७३ मा उनको स्वरमा रहेको रेमिाई चलचित्रको ‘चट्टै मुटु काटेर ’ बोलको गीत निकै रुचाइएको गीत हो , त्यसैगरी उनकै स्वरमा रहेको दीप ज्योति फिल्मको ‘झ्याना पुल्टुङ ’ बोलको गीतले उनको सफलतामा इट्टा थप्यो ।

त्यस्तै उनको अर्को गीत ‘मायाले मार्यो मलाई’ले सांगीतिक उचाइमा उडान तय गर्यो । त्यसपछि उनी बिस्तारै,बिस्तारै बोलको गीतबाट उडान भरे । अर्थात् नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयका सफल गायक बने अनि अहिले बद्मासका रुपमा परिचित हुँदैछन् । बिस्तारै,बिस्तारै युवा पुस्ताले निकै मन पराएको गीत हो । सो गीत टिकटकमा निकै भाइरल गीत हो । भाइरल पछि उनी बदमास बन्छन् वा युवा पुस्ताका सफल गायक ? त्यो समयले नै बताउने छ ।

हेर्नुहोस् ! गायक चिरञ्जीवी भण्डारीको बदमास..’ गीतको म्यूजिक भिडियो ।

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका