ताजा अपडेट »

कोरिया जान पाउनुपर्ने माग

बुधबार, २४ असार २०७७, १६ : ०१
6 Shares

काठमाडौँ । रोजगारीको लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरिएको छ । कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन ।

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द भएपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले सरकारले उडान सञ्चालन नगरे सङ्घर्ष गर्ने चेतावनीसमेत दिएका छन् । प्रदर्शनमा सहभागीले कि रोजगारी दिुनपर्ने कि कोरिया जान दिनुपर्ने र र कोरियाको लागि अन्तर्राष्ट्रिय उडान नियमीत गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनी गरेका थिए । प्रदर्शनमा सहभागी सागर अधिकारीले आफ्ना माग पूरा नभए चार हजार ५०० युवाहरुले आन्दोलन गर्नुको विकल्प नरहेको बताउनुभयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।