१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

sf7df8f}F,@! r}tM ;’g;fg kz’klt dlGb/ kl/;/ sf]le8–!( sf] ;ª\qmd0f gkm}lnof];\ egL ;/sf/n] nfu” u/]sf] ns8fpgsf] P3f/f}F lbg z’qmaf/ kz’kltgfy dlGb/ kl/;/df b]lvPsf] ;’g;fg b[Zo . t:jL/ M /f]zg ;fksf]6f÷ /f;;

काठमाडौँ । चान्द्रमासअनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ । प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष चान्द्रमासअनुसार साउन महिनाको तेस्रो दिन बित्दासमेत पशुपति क्षेत्र सुनसान छ । पशुपति क्षेत्रमा शिवका भजन, आराधनाका स्तोत्र घन्किएका छैनन् । कोरोना भाइरसको सङ्क्रमणका कारण चैत ११ गतेदेखि जारी गरिएको बन्दाबन्दीले पशुपति मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश निषेध गरिएको छ । असार १ गतेदेखि बन्दाबन्दीलाई खुकुलो बनाइए पनि देशभरका प्रमुख मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात अझै बन्द छन् ।

Advertisement

अहिलेकै स्वरूपको बन्दाबन्दी पनि सरकारले साउन ७ गतेसम्म जारी रहने घोषणा गरेको छ । अन्य सबै क्षेत्रमा बन्दाबन्दी खुल्नेबित्तिकै पनि पशुपतिमा भक्तजनलाई स्वास्थ्य सुरक्षाका कारण प्रवेश गराउन नसकिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा बताउनुहुन्छ । “असार १ गतेदेखि पशुपतिको मूल मन्दिरभित्र दर्शनार्थीलाई प्रवेश गर्न नदिइए पनि मुख्य मन्दिर बाहिरका भुवनेश्वरी, आर्यघाट, आर्यघाटपारिको क्षेत्रलगायत स्थानमा भक्तजन आउन दिइएको छ, भक्तजनले बाहिरबाटै दर्शन गर्न सक्छन्, अन्य क्षेत्र खुलेको चार÷पाँच दिनपछि कम्तीमा दुई मिटरको दूरी कायम गरेर मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश गराउने गरी कार्यविधि बनाएका छौँ”, उहाँले भन्नुभयो । मठमन्दिर, चैत्य, गुम्बा, बिहार, मस्जिद, चर्चजस्ता धार्मिकस्थलमा हुने भीडभाडबाट छिटो रोगको सङ्क्रमण फैलने भएकाले सचेतता अपनाइएको कोषले जनाएको छ । मन्दिर खुलिहाले पनि विशेष पूजा भने गराइने छैन । साउन भगवान् शिवकै महिना भएकाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गराउने भक्तजनको भीड लाग्ने गरेको छ । साउनमा विशेष पूजाबाट कोषलाई करोडौँ आम्दानी हुने गरेको छ ।

बोलबम यात्रा प्रभावित

भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा पवित्र तीर्थको जल ल्याई पशुपतिलगायत शिवालयमा चढाउने गरिन्छ । पशुपतिनाथलाई द्वादश ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रूपमा विश्वभरका वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने भएकाले यहाँ साउन महिनामा बोलबम यात्रा गरी जल अर्पण गर्न दिनमै लाखौँ भक्तजन आउने गर्थे । यस वर्ष कोभिड–१९ को सङ्क्रमणको डरले बोलबम यात्रासमेत प्रभावित हुने भएको छ । गुरु पूर्णिमाको भोलिपल्टदेखि नै दैनिक लाखौँको सङ्ख्यामा बोलबम यात्री आउने पशुपति यस वर्ष महामारीको डरका कारण सुनसान छ ।

बोलबम काँवरिया सङ्घ, भोलेनाथ काँवरिया सङ्घलगायत संस्थाले संस्थागतरूपमा गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीमाई मन्दिरमुनिको वाग्मतीबाट स्वच्छ जल ल्याई पशुपतिमा चढाउने कार्यक्रमसमेत निश्चित छैन । जेठदेखि नै बोलबम यात्राको तयारी हुन्थ्यो । उपत्यकाका विभिन्न स्थानमा फ्लेक्समा सूचना जारी गरी भक्तजनलाई बोलबम यात्राका लागि आह्वान गरिन्थ्यो । यस वर्ष उपत्यकामा त्यस्तो देखिएको छैन । बोलबम यात्रा ठूलो समूहबीच गरिने भएकाले पनि व्यवस्थापन चुनौतीपूर्ण रहेको छ । कोषका कोषाध्यक्ष डा मिलनकुमार थापा कम्तीमा दुई मिटरको दूरी कायम गरेर एकपटकमा बढीमा २० जनाभन्दा धेरै दर्शनार्थी मूल मन्दिरमा प्रवेश गराउन नसकिने बताउनुहुन्छ । यसरी पठाइएका भक्तजनलाई पनि पहिलेभन्दा टाढाबाट दर्शन गराइने छ ।

“मूल मन्दिरभित्र प्रवेश गर्ने दर्शनार्थीलाई पनि एक स्थानबाट गई अर्को ठाउँबाट फर्कने गरी व्यवस्था मिलाइएको छ, डोरी राखी त्यसभन्दा बाहिर भक्तजन जान नपाउने गरी तयारी गरिएको छ, पशुपति छिर्ने प्रत्येक द्वारमा स्यानिटाइजरको व्यवस्था हुनेछ, थर्मलगनले ज्वरो नापिनेछ, तापक्रम बढी भएकालाई भित्र पठाइने छैन, मास्क नलगाएका दर्शनार्थीलाई पनि प्रवेश गराइने छैन”, उहाँले भन्नुभयो । चार महिनाको बन्दाबन्दी अवधिमा पशुपति क्षेत्रलाई रु १० करोडभन्दा बढी आर्थिक घाटा लागे पनि भक्तजनको सुरक्षासँग सम्झौता गर्न नसकिने कोषाध्यक्ष थापा बताउनुहुन्छ । कोषले मङ्गलबार आयोजना गरेको कार्यक्रममा सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाको सङ्क्रमण घट्दै गए जेठ ७ गतेपछि भक्तजनका लागि मूल मन्दिर खोल्न सकिने सङ्केत गर्नुभएको छ ।

त्यसका लागि ‘एसएमएस’ सूत्र अर्थात् सामाजिक दूरी ९सोसल डिस्टेन्स०, मास्क र स्यानिटाइजरलाई उपयोग गर्न पनि उहाँले निर्देशन दिनुभएको छ । धार्मिक, आर्थिक गतिविधि चलायमान बनाउन स्वास्थ्य सुरक्षामा खतरा आउन दिनु नहुने सरोकार भएका निकायको सुझाव छ ।बन्दाबन्दीको अवधिमा पनि पशुपतिनाथ मन्दिरमा नित्यरूपमा हुने पूजा आराधनालगायत कर्म भने नियमित भइरहेको कोषले जनाएको छ । साउनको सोमबार सनातन हिन्दू धर्मावलम्बीले व्रत गर्छन् । साउनको सोमबार व्रत गरी देवादिदेव महादेवका पूजा आराधना गरेमा धन नहुनेले धन, विद्याको आकाङ्क्षा राख्नेले विद्या र सन्तानको कामना गर्नेले सन्तान प्राप्त गर्ने धार्मिक विश्वास छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै