१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

तिनाउ । तिनाउ गाउँपालिका-२, दोभानमा शहीद उद्यान निर्माण शुरु गरिएको छ । तत्कालीन सशस्त्र द्वन्द्वमा पाल्पा सत्यवतीका १४ वर्षीय बालकलाई तत्कालीन शाही सेनाले हत्या गरेको थियो । शहीद अविरलका सम्झनामा अविरल उद्यान निर्माण गरी पर्यटकीय गन्तव्य बनाउन लागिएको गाउपालिकाले जनाएको छ । तिनाउ गाउँपालिका-२, दोभानले चालु आर्थिक वर्ष २०७६/०७७ सम्म रु २८ लाख लगानीमा उद्यान निर्माण थालेको हो । उद्यानभित्र अविरलको शालिक निर्माण गरिएको छ ।

उद्यानभित्र गोली लागेको ढुङ्गा सुरक्षितसाथ राखिएको छ । उद्यान क्षेत्रमा शौचालय, ट्रस र खानेपानीका धारा निर्माण गरिएको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । साना बालबालिकालाई रमाउन उद्यानमा मनोरञ्जनको व्यवस्था गरिएको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । स्थानीय बासिन्दा चक्रव्यूह थापाले उद्यान निर्माणले शहीद अविरलको सम्मान भएको बताउँदै सो क्षेत्र आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो । तिनाउ गाउँपालिका क्षेत्रमा धार्मिक तथा पर्यटकीयस्थललाई पर्यटकीय गन्तव्य बनाउन सकिने गरी आगामी आर्थिक वर्ष २०७७/०७८ मा कार्यक्रम ल्याइएको छ ।

पालिकाले सिद्धबाबा मन्दिर, नुवाकोट, सत्यवतीताल, सुकेताल, वसन्तपुर, गड्डा, हात्तीकोट, झ्याङ्ला, जन्तिलुङ, मरामकोट, झिगामारा, ठुलिउदाङ र गिन्टार कचलफाँट क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने छ । रामापिथेकस उद्यान प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको छ । नुवाकोटमा उजिरसिंह थापा, मणिमुकुण्दसेन स्मृति उद्यान, सांस्कृतिक डबली निर्माण सम्पन्न गर्न थप सहयोग गरिने गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई