१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो समयमा देखिएको विवाद आपसी सहमतिका आधारमा समाधान खोज्न आग्रह गरिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी र सरकार सञ्चालनमा विवाद देखिएपछि नेपाल दलित मुक्ति सङ्गठनले आज विज्ञप्ति जारी गरी सहमतिका आधारमा अगाडि बढ्नुको विकल्प नरहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको स्थायी कमिटीको मूल भावनाअनुसार पार्टी एकताको बाँकी कार्यभारलाई निष्कर्षमा पुर्याउने र सम्पूर्ण पार्टीलाई एकताबद्ध गरी सबै कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकमा सकारात्मक सन्देशसहितको ऊर्जा प्रवाह गर्न स्थायी कमिटी सफल हुनेमा हाम्रो सङ्गठन विश्वस्त छ ।’ स्थायी कमिटीले पार्टीको विधि पद्धतिअनुसार बैठकमा व्यक्त गरेका धारणाको विषयमा पार्टी पङ्क्ति र नागरिकमा उत्पन्न चासो र चिन्ताप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै