ताजा अपडेट »

डिउटीमै रहेका प्रहरी कुटिँदापनि प्रशासन मौन,उल्टै घटनालाई गोप्य राख्ने प्रयास

मंगलबार, २३ असार २०७७, २२ : ३०
10 Shares

कपिलबस्तु । प्रहरी हवल्दार माथि कुटपिट भएको घटनालाई ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेले गोप्य राख्न खोजेको छ । कपिवलस्तुको बुद्धभूमि नगरपालिका– १ मा रहेको सिद्धार्थ स्मारक उच्च मा.वि भेलाई स्कुल क्वारेन्टाइनको डिउटीमा खटिएका प्रहरी हवल्दार कमल भण्डारी माथि स्थानीय युवाले मादक पदार्थ सेवन गरी हातपात गरेका छन् । स्थानीयका अनुसार मादक पदार्थ सेवन गरी एक आपसमा झै -झगडा गरेका युवाहरुलाई हवल्दारले सम्झाई –बुझाई गर्दा उनी माथि स्थानीय युवाले हातपात गरेका हुन् । उनलाई सोमबार राति करिब ८ः३० वजेको समयमा हातपात गरेका थिए ।

स्थानीयबासीले ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेलाई घटना घटेकै समयमा फोन गर्दा समेत आफनो प्रहरी हवल्दारको डिउटीमा खटिएको स्थानमा ११ः३० बजे मात्र ईलाका प्रहरी कार्यालयको टोली पुगेको स्थानीयले बताए । प्रहरी डिउटीमा खटिएका बेला स्थानीय बर्दीमा रहेका प्रहरी माथि यस्तो हर्कत गर्दा समेत प्रहरीले घटना घटेको समयमा पुग्न सक्दैन भने स्थानीयलाई कसरी सुरक्षा दिन सक्छ ? यति मात्र हैन अन्य समयमा नदिजन्य पदार्थको दोहन अन्य घटना वा पटक–पटक यस्ता गल्ती हुँदापनिपनि प्रहरी मौन रहेको स्थानीयले बताए ।

ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरिक्षक कृष्ण रानाले भने आफू गस्तीमा निस्केको समयमा घटना घटेकोले समयमा पुग्न नसकेको स्वीकार गरेका छन् । स्थानीय युवाहरुले मादकपदार्थ सेवन गरेर कुटपिट गरेको भन्ने कुरा निरिक्षकलाई थाहा भएपनि ठेक्का–पट्टा गर्ने टेकेदारका कर्मचारी र ठेकेदारहरुसँगको साठगाँठका कारण उनले ती युवाहरुलाई बचाउ गर्ने र गुपचुपमा मिलाउने गरेको स्थानीयको आरोप छ । प्रहरी कुटिँदापनि किन एक्शन वा प्रतिक्रिया जनाउनु भएन भन्ने प्रश्नमा निरिक्षक रानाले उल्टै युवाहरु कै बचाउमा कुरा गरे । उनले भने ‘खै मादक पदार्थ सेवन गरेको भन्ने कुरा यकिन भएन। हामी जाँदा बित्तिकै भागे, हामी हेरेको हेरै भयौं।’ अर्को दिन बिहानै जिल्लासम्म खवर पुगेपछि जिल्लाको दबाबमा उनीहरुलाई पक्राउ गरे कारवाही गर्ने आदेश आउनासाथ मात्रै उनले ति सात जना युवाहरुलाई नियन्त्रणमा लिएका हुन् ।

प्रहरी हवल्दार कमल भण्डारीले घटना घटेर सामसुम भएर सबै घर गएपछि ११ः३० बजेको समयमा पानी परिरहेको वबला ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेको टोली त्यहाँ बताए । उनले भने ‘म बर्दीमा थिएँ । भाइहरु हल्ला नगरी आफ्नो–आफ्नो घर जाउ मात्र भनेको थिएँ, हुन्न भन्दै गएका ती युवाहरु म क्वारेन्टाइनको गेटमा नपुग्दै आफू माथि झम्टीए ।’ ‘मादकपदार्थ सेवन गरेर अडिन नसक्ने अवस्थामा थिए मलाई स्थानीयबासीले बचाए । बर्दीमा प्रहरी रहेको प्रहरी माथि कुटपिट हुँदा समय मै न आउनु दुःखद हो ।’ उनले गुनासो गरे । उनी ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेको मातहत पत्थरकोट अस्थायी प्रहरी पोष्टमा कार्यरत छन् । उनको पक्षमा स्थानीयले आज प्रहरी चौकीमा धरना समेत दिएका थिए । उनीहरुले ‘प्रहरी माथि कुटपिट हुदाँ त मुकदर्शक बन्छ भने सामान्य नागरिकलाई कसरी सुरक्षा दिन सक्छ ? ’ प्रहरी माथि नै प्रश्न गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।