७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै उहाँहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । फ्रान्सका प्रधानमन्त्री जँ कास्टेक्सलाई पठाएको बधाई सन्देशमा नेपाल र फ्रान्सबीच पुरानो मैत्री एवं जनस्तरको सम्बन्धको चर्चा गर्दै उनले सुदृढ आर्थिक साझेदारीमा जोड दिएका छन् । नेपालको सामाजिक–आर्थिक उन्नयनमा फ्रान्सले गरेको सहयोगको प्रधानमन्त्री ओलीले सराहना गरेका छन्।

यसैगरी आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्री माइकल मार्टिन टिडीलाई पठाएको बधाई सन्देशमा प्रधानमन्त्री ओलीले उनीसँग निकट सम्पर्कमा रहेर पारस्परिक लाभका खातिर सहकार्य गर्न आफू इच्छुक रहेको बताएका छन् । आगामी सन् २०२१–२२ का लागि राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा आयरल्यान्ड निर्वाचित भएकामा प्रधानमन्त्रीले बधाई ज्ञापन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै देशका प्रधानमन्त्रीलाई पठाएको बधाई सन्देशमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीविरुद्ध अन्तर्राष्ट्रिय समुदाय बीचको सहयोग र ऐक्यबद्धतामा विशेष जोड दिएका छन् ।

कोभिड–१९ का कारण उत्पन्न अहिलेको कठिन परिस्थितिमा आयरल्यान्ड र फ्रान्समा रहेका नेपालीलाई त्यहाँका सरकारबाट प्राप्त अमूल्य सहयोगप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालमा रहेका ती देशका नागरिकलाई नेपाल सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गरेका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने