१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

बुटवल । कोरोना भाइरस (कोभिड- १९) बाट प्रभावित भएका बुटवलका किसानहरुलाई बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गर्दै प्रोत्साहन गरेको छ । सहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण कार्यक्रम गर्दै आएको उपमहानगरले कृषिमा समर्पितहरुलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग प्रदान गरेको हो ।

Advertisement

उपमहानगरपालिकाले घोषणा गरेको कार्यक्रम अनुसार ५८ जना किसान र दुई वटा समुह सहकारी गरी कुल ६० जनालाई नगद अनुदान प्रदान गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिए । मंगलबार बुटवल उपमहानगरपालिकामा एक कार्यक्रम आयोजना गरी नगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा लगाएतले छनौट भएका किसानहरुलाई चेक प्रदान गरेका थिए । किसानलाई प्रोत्साहन रकमको चेक हस्तान्तरण पछि बोल्दै उपमहानगरपालिकाका प्रमुख सुवेदीले किसानहरु कुनै पनि प्रकृतिले प्रभावित हुन नदिनको लागि नगरपालिकाले आफ्नो योजना अनुसार सहयोग गरिएको बताए । उनले उपमहानगरपालिका किसानहरुको साथमा रहेको भन्दै आगामी दिनमा नगरपालिका पनि किसानहरुको लागि नरपालिका सदैभ सहयोगी भूमिकामा रहने जिकिर गरे ।

कृषि पेशालाई आकर्षणको बनाउन बुटवलले दीर्घकालीन महत्वका किसान लक्षित कार्यक्रम सञ्चालन गरेको बताउँदै प्रमुख सुवेदीले तिनै कार्यक्रमलाई प्रभावकारी बनाउन प्रोत्साहनको अभियान सञ्चालन गरिएको बताए । कोभिड- १९ विशेष कषि कार्यक्रम (विदेश बाट फर्केका र व्यवसाय उन्मूख कृषकहरुलाई कृषि विकास प्रोत्साहन कार्यक्रम)तर्फ छनौट भएका कृषक, कृषक समूह तथा संस्थाहरुलाई स्वीकृत कार्यक्रम अनुसार प्रोत्साहन अनुदान रकम प्रदान गरिएको उनले बताए । बुटवल उपनगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीका अनुसार छनौट भएका किसानहरुलाई कार्य प्रगती अनुसार १५ हजार रुपैयाँ देखि २० हजार रुपैयाँ र समुह सहकारीहरुलाई १ लाख र १ लाख ४० हजार नगद अनुदान प्रदान गरिएको हो । बुटवल उपमहानगरपालिकाले कुल ११ लाख ४० हजार रुपैयाँ आर्थिक अनुदान प्रदान गरेको हो । सिम्रिक कृषि सहकारी संस्था लिमिटेड र आदर्श कृषि सहकारी संस्था लिमेटेडलाई नगद क्रमश: एक लाख ४० हजार र एक लाख रुपैयाँ प्रदान गरिएको छ ।

बुटवलका यीनै सहकारीको सहकार्यमा बुटवलले किसानलाई फसल धितो राखेर अनुदान दिंदै आएको छ । फसल धितो राखेर अनुदान दिने स्थानीय तहमा बुटवल नै पहिलो हो । जुन सहकारीहरुले धान खेती बोरासहितको छपाई मेसिन र सीड ड्रिल मेसिन खरिदको लागि अनुदान प्रदान गरिएको हो । सहकारीहरुलाई कोभिड-१९ विशेष कषि कार्यक्रम (वाली उत्पादन र उत्पादकत्व बृद्धि) का लागि बीऊ उत्पादक समूह वा सहकारीलाई प्रोत्साहन कार्यक्रम अन्र्तगत प्रोत्साहन अनुदान रकम प्रदान गरिएको कृषि विकास शाखा प्रमुख जिसीको भनाई छ ।

नगरपालिका स्येयर, जैविक मल, मल्चिङ्ख, थोपा सिंचाई, प्लाष्टिक नर्सरी घर स्थापन, मल्चिङ्ख, ग्रिननेट, स्पेयर, टनेल, बीउविजन, जैविक र रसायनिक मल, कालो रोल प्लाष्टिक, टली, पराल, मिनिटिलर, सुपर, आधार चाका, दाना खुवाउने मेसिन, फ्रेम, पोल, जैविक मल, मल्चिङ्ख, थोपा सिंचाई, तार, मल्चिङ्ख, स्थायी फलामे खम्बा, सिमेन्ट, स्पेयर, तार, मल्चिङ्ख, स्थायी थाक्रा, स्पेयरको लागि आवश्यक पर्ने सामानलगायतका कार्यको लागि बुटवलले सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । बुटवलले लकडाउनका बेलामा पनि यहाँका किसानलाई बजारिकरणका लागि सहयोग गरेको थियो । किसानको ताजा तरकारीलाई सहकारीका माध्यमबाट उपभोक्ताका घरसम्म पुर्याउने अभ्यास गरेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई