ताजा अपडेट »

गुल्मीमा पहिरामा फसेकी महिलाको उद्धार

मंगलबार, २३ असार २०७७, १७ : ४६
6 Shares

तम्घास । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरमा पहिरामा फसेकी महिलाको १८ घण्टापछि आज जीवितै उद्धार गरिएको छ । मुसिकोट नगरपालिका २ की तारा कुमालको पहिराबाट उद्धार गरिएको हो ।

उहाँलाई आज हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीयवासी श्रीराम महतले बताउनुभयो । खेतबारीको मकै लिन जानुभएका उहाँ फर्कने बेला रातिदेखि ठूलो पानी परी बगेको लेदोले च्यापेको थियो । दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिले फसेको देखेपछि मिलेर कुमालको उद्धार गरेका हुन् । अहिले हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध छन् । एम्बुलेन्सको व्यवस्था गरेर जान सक्ने स्थानसम्म गएर बिरामी ल्याउन प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।