Mar 30, 2023
बुटवल । नेपालमा कोरोना संक्रमण हुनेको संख्या क्रमशः घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चार जिल्ला कोरोनामुक्त भएका छन् ।
तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लाका सबै सङ्क्रमित निको भएर घर फर्किएसँगै कोरोनामुक्त भएका हुन् । चार जिल्ला कोरोनामुक्त भएपछि ७४ जिल्लामा सङ्क्रमण रहेको छ । पछिल्लो २४ घण्टामा थप ६८८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
अहिलेसम्म संक्रमितमध्ये ४६.४ प्रतिशत निको भएका छन् । पछिल्लो पाँच दिनमा कोरोना पुष्टि हुनेको सङ्ख्या पनि निरन्तर घटिरहेको छ ।
प्रतिकृया दिनुहोस्