७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

काठमाडौँ । आपराधिक समूहले विभिन्न उपाए अपनाउँदै चोरी तथा अपराध गर्ने गरेका छन् ।कसैले साथी बनाएर त कसैले आफन्त बनाएर चोरी गरेका घटना यसअघि सार्वजनिक भएका थिए । यसपाली भने कवाड टिप्ने हुलिया बनाएर सुन पसलको निगरानी गरी चोरी गरेको खुल्न आएको छ ।

Advertisement

महानगरीय अपराध महाशाखाका अनुसार रातको समयमा काठमाडौँ उपत्यकाका सुन चाँदी पसलको सटर फोरेर चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा उक्त तथ्य फेला परेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । अनुसन्धानका क्रममा उनीहरुले कागज बोतल सङ्कलन गर्ने व्यक्ति (कवाड टिप्ने व्यक्ति) को हुलिया बनाइ साइकल लिई विभिन्न सुनचाँदी पसलको हप्ता दिनसम्म रेकी गरी मानिसको चहलपहल नहुने स्थानमा रहेको सुनचाँदी पसलको सटर फोरेर चोरी गरेको तथ्य फेला परेको हो ।

उक्त गिरोहले गत फागुन १८ गते लाजिम्पाटस्थित दिलीपकुमार श्रेष्ठले सञ्चालन गरेको पवि ज्वेलर्समा रहेको एक किलो १५० ग्राम सुनका गरगहना र आठ किलो ५६० ग्राम चाँदीका गरगहना तथा नगदसमेत गरी रु ८५ लाख, ८५ हजार चोरी गरी लगेका थिए । घटनाको अनुसन्धानका सिलसिलामा महाशाखाबाट खटिएको विशेष टोलीले आइतबार मोरङ उर्लाबारीबाट सुमित भन्ने गङ्गाबहादुर तामाङ र बुद्धबहादुर माझीलाई र सोही घटनामा फरार रहेका बिक्रम भन्ने जङ्गबहादुर माझीलाई सोमबार दरबारमार्गबाट पक्राउ गरिएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।

उक्त घटनामा संलग्न रहेका एक जना भने केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको तथा अन्य दुई भारतीय मुलका फरार अभियुक्तको खोजी जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । उनीहरु दुईवटा समूहले जेलमा बस्दा चिनजानको आधारमा छुटेपश्चात पुनः भेला भई जेल छुट भएको एक महिना नबित्दै आफ्नो म्यादीलाई समेत बोलाइ चोरी गरेको फेला परेको छ । गिरोहले चोरी कार्य छोडी डण्डी फर्मा, लेबर काममा लागेका, सुध्रिएर बसेका आफ्ना पुराना म्यादीलाई समेत परिचालन गरेको खुल्न आएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने