Mar 30, 2023
बुटवल । रुपन्देहीमा साढे २२ किलो लागुऔषध चरेससहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पुर्व सिस्ने गाउँपालिका ८ घर भई हाल बुटवल १२ हरियाली टोल बस्ने ३४ वर्षीय रतिभान दमाई र गुल्मी मदाने गाउँपालिका ७ घर भएका २९ वर्षीय मेघराज गिरी रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका १२ हरिया टोलस्थित धनबहादुर दमाईको टिनले छाएको खाली घरमा लुकिछिपि बसेको अवस्थामा उनीहरुबाट साढे २२ किलो चरेस सहित पक्राउ गरेको प्रहरी प्रवक्ता तथा सुचना अधिकारी खडकबहादुर खत्रीले जानकारी दिए । उनीहरु माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्