Mar 31, 2023
बुटवल । नेपालमा सोमबार मात्रै थप १८० जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम पछिल्लो २४ घण्टामा देशभर गरी १८० जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर गरी थप २६४ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन् । योसँगै कोरोनाबाट संक्रमणमुक्त हुनेको जम्मा संख्या ६ हजार ८११ रहेको छ । मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
प्रतिकृया दिनुहोस्