१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। कोरोनाका कारण व्यवसाय रोकिएको अहिलेको अवस्थामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो। बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको वैकका तुलसिपुर शाखा प्रमुख रमेश रेग्मिले बताए।

Advertisement

यो योजनामा बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्क ‘सेवाशुल्क’मा उक्त कर्जाहरु उपलब्ध गराउने जानकारी दिएको छ। यस्तो ब्याजदर एक वर्षसम्म परिवर्तन हुने छैन। सुपर चमत्कारिक घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद जस्ता कामका लागि ऋण लिनसक्ने छन् । यसरी ऋण लिँदा ऋणको अवधि पाँच देखि ३० वर्षसम्म हुने छ। घर कर्जा योजनामा अधिकतम १ करोड ५० सम्म ऋण पाइने छ। घर निर्माण गर्नेको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म ऋण दिनसक्ने छ। घर निर्माणका लागि अधिकतम ५ वर्षसम्म ऋणीले ब्याजमात्र तिरे हुन्छ।

त्यस्तै ऋणको वार्षिक किस्ता ऋणी आफैले निर्धारण गरेर पनि तिर्नसक्ने बैंकले जानकारी दिएको छ। सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीका लागि ऋण पाउन सकिने छ। अन्य बैंकबाट सवारी कर्जा लिइरहेकाले पनि सारेर एनआइसीको यो योजनाको सुविधा लिन सकिने बैंकले जानकारी दिएको छ। यो योजनामा अधिकतम २ करोडको ऋण तोकिएको छ। यस्तो ऋण लिंदा सवारी धितो राखेमा ऋणको अवधि १० वर्षको र सवारी र घजग्गा सयुक्त धितो राखेमा १५ वर्षको अवधि हुने छ।

साना तथा मझौला उद्योग व्यवसाय कोरोना भाइरस महामारीले प्रभावित हुँदै गइरहेको अवस्थामा साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको बैंकले जानकारी दिएको छ। यो योजनामा उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकताअनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्ने छन्। यो ऋणको अधिकतम सीमा १ करोड तोकिएको छ। सुपर चमत्कारिक कर्जा योजनामा आवश्यक कागजपत्र पुगेपछि ४८ घण्टाभित्र निर्णय दिने बैंकले प्रतिबद्धता जनाएको शाखा प्रमुख रेग्मिले बताए।

प्रतिकृया दिनुहोस्

Flash News

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन