१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

फाइल तस्बिर

रुपन्देही । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सञ्चार संस्थाले कोरोनाका कारण व्याप्त निराशा चिरेर आशा जगाउने खालका सूचना र सामग्री पस्कनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब प्रदेश नं ५ को दोस्रो स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित अन्तरक्रियामा उहाँले विपत्तिका समयमा सञ्चार क्षेत्रसमेत आर्थिक रुपले सङ्कटमा रहेकाले पत्रकारलाई सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “हामी पत्रकारलाई भोकै मर्न दिँदैनौ ।” सो अवसरमा नेपाली कांगे्रसका सचेतक निर्मला क्षत्रीले समाजमा सुशासन कायम गर्न पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले सबैको सहकार्य भए जस्तोसुकै विपत्तिको सामना गर्न सकिने धारणा राख्नुभयो । नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ का उपाध्यक्ष भरत केसीले महामारीको कारण देखाएर कुनै पनि पत्रकारलाई सञ्चारसंस्थाले हटाउन नपाउने बताउनुभयो । कार्यक्रममा डा सुदर्शन थापा र पत्रकार दीपेन्द्र बडुवाललाई सम्मान गरिएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई