१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडौं । ‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा त्यसबाट हुने आम्दानीमा पनि कमी आएको देखिएको छ ।

व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका अनुसार आन्तरिक तथा बाह्य समस्याका कारण नेपालको निर्यात क्षमतामा कमी आएको हो । गत आर्थिक वर्षको साउनदेखि जेठ मसान्तभित्र १३ करोड छ लाख एक हजार ६७२ किलो निर्यात भएको चिया यस वर्ष सोही समयमा आठ करोड तीन लाख २५ हजार ७८७ किलो मात्र निर्यात भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार चालु आर्थिक वर्ष ०७६/७७ (साउन–जेठ) भन्दा आर्थिक वर्ष २०७६/७७ (साउन–जेठ) मा चिया निर्यातमा उल्लेखनीय कमी आएको हो । चियाको निर्यातमा कमी आएसँगै यसबाट भित्रिने आम्दानीमा समेत ह्रास आएको देखिएको छ । प्रवद्र्धन केन्द्रका अनुसार गएको आव (साउन–जेठ)मा रु दुई अर्ब ८९ करोड ३५ हजार बराबरको चियाबाट आम्दानी भित्रिएकोमा यस आव ९साउन–जेठ०मा रु दुई अर्ब छ करोड ५३ लाख ६८ हजार बराबर मात्र आम्दानी नेपाल भित्रिएको छ ।

यस्तै नेपालबाट भारत हुँदै तेस्रो मुलुक पुग्ने अर्को कृषिजन्य पदार्थ अलैँचीको समेत परिमाण र आम्दानी दुवैमा यस वर्ष गिरावट आएको केन्द्रको तथ्याङ्कले देखाएको छ । गएको आर्थिक वर्ष ०७५/०७६ को जेठ मसान्तसम्ममा ४८ लाख ८० हजार ९८५ किलोको अलैँची विदेश निर्यात भएकोमा यस आर्थिक वर्षको जेठसम्ममा ४३ लाख नौ हजार ५०९ किलो मात्र निर्यात भएको पाइएको छ । गएको वर्षको जेठ मसान्तसम्ममा रु चार अर्ब ३५ लाख ८७ हजार बराबरको अलैँचीबाट आय भएकोमा यस वर्षको जेठ मसान्तसम्ममा रु तीन अर्ब ४६ करोड दश करोड ४२ हजार बराबरको मात्र आम्दानी भएको देखिएको छ ।

यसैगरी नेपालबाट निर्यात हुने अदुवामा पनि यस वर्ष ठूलो परिमाणमा गिरावट आएको पाइएको छ । गएको आव २०७५/०७६ (साउन–जेठ)मा एक करोड २८ लाख ८४ हजार ८४ किलो अदुवा निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ७६ लाख ८४ हजार ७१६ किलोमा मात्र निर्यात भएको तथ्याङ्कले जनाएको छ । गएको वर्षको जेठ मसान्तसम्ममा रु ४२ करोड २१ लाख ६७ हजार २०० बराबरको आय भए पनि यस आवको सोही अवधिमा रु ३६ करोड ५० लाख ८७ हजार बराबरको मात्र अदुवाबाट आम्दानी भएको प्रवद्र्धन केन्द्रले जनाएको छ ।

वैदेशिक व्यापारमा कूल प्रतिशतको तीन दशमलव नौ प्रतिशत हिस्सा ओगट्ने अलैँचीको यस वर्ष १३ दशमलव छ प्रतिशतले आम्दानीमा गिरावट आएको छ भने दुई दशमलव तीन प्रतिशत हिस्सा ओगट्ने चियाको आम्दानीमा २८ दशमलव पाँच प्रतिशत र शून्य दशमलव चार प्रतिशत हिस्सा रहेको अदुवाको १३ दशमलव चार प्रतिशत गिरावट आएको वैदेशिक व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग