Mar 21, 2023
बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलको पानीबाट कोरोना संक्रमण फैलिएको पुष्टि नभएको जनाएको छ । आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा कोरोना भाइरसको अंश भेटिएपनि संक्रमण फैलिएको प्रमाण नभेटिएको बताए ।
फोहोर पानी वा अस्पतालबाट बग्ने ढलको पानीमा भाइरसका टुक्रा टाक्री केही दिनसम्म जीवित रहन सक्ने भएपनि भाइरसको अंश रोग सार्ने खालको नहुँने बताउँदै त्यस्ता स्थानमा काम गर्दा स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस्