ताजा अपडेट »

थप २९३ जनामा कोरोना, संक्रमितको संख्या १५७८४ पुग्यो

आइतबार, २१ असार २०७७, १६ : २७
12 Shares
आइतबार, २१ असार २०७७
12 Shares


बुटवल । नेपालमा आइतबार मात्रै थप २९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लो २४ घण्टामा देशभर गरी २९३ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । यसैगरी बितेको २४ घण्टामा नेपालमा १३२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म ६ हजार ५४७ जना कोरोना संक्रमित निको भएका छन् । भने कोरोनाबाट ३४ जनाको मृत्यु भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।