Mar 21, 2023
काठमाडौं । कतारको दोहाबाट आज (आइतबार) १५३ नेपाली स्वदेश फर्किएका छन् । कोरोनाबाट सिर्जित परिस्थितिमा तत्काल स्वदेश फर्कनै पर्ने नेपालीलाई धमाधम नेपाल ल्याइँदै छ ।
दोहाबाट काठमाडौंका लागि आज हिमालय एयरलाइन्सको एच. ९५६३२ को उडानबाट १५३ नेपाली आइपुगेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार आज फर्किएका नेपालीहरू सबै पुरुष हुन् ।
आज नेपाल फर्कनेलाई दूतावासका अधिकारीहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए ।
प्रतिकृया दिनुहोस्