१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

चिप्लेढुङ्गा । बन्दाबन्दीका कारण रोकिएको अपाङ्ता परिचयपत्रलाई पोखरा महानगरले वितरण शुरु गरेको छ ।

Advertisement

महानगरको सामाजिक शाखाद्वारा बिहीबार र शुक्रबार दुई दिनमा ६५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको स्वाबलम्बी जीवन पद्धति समाजका महासचिव एवं अपाङ्गता परिचयपत्र वितरण समितिका सदस्य अञ्जना केसीले जानकारी दिए । उनले भने, “बन्दाबन्दीका कारण अपाङ्गता भएका थुप्रै व्यक्ति परिचयपत्र पाउनबाट बञ्चित हुनुभएको थियो, त्यसलाई ध्यान दिएर बिहीबार र शुक्रबार ६५ जनालाई परिचयपत्र वितरण भएको छ ।” उनले अति आवश्यक पर्ने केहीलाई बन्दाबन्दीका बीचमा पनि परिचयपत्र वितरण गरेर पछि समितिबाट पारित गरिएको जानकारी दिए ।

उनकाअनुसार पोखरा महानगरपालिका उपप्रमुख मञ्जदेवी गुरुङको संयोजकत्वमा गठित समितिले प्रत्येक महिनाको अन्तिम सोमबार अपागङ्ता परिचयपत्र वितरण गर्दै आएको थियो । बन्दाबन्दीका कारण गत फागुनदेखि जेठसम्म परिचयपत्र वितरण हुनसकेको थिएन । परिचयपत्र पूर्ण अशक्त, अतिअशक्त, मध्यम र सामान्य अपाङ्गता गरी चार तहमा विभाजन गरिएको छ । पूर्ण अशक्त अपाङ्गता भएकाको मासिक रु तीन हजार र अतिअशक्तले रु एक हजार ६०० मासिक भत्ता पाउँदै आएका छन् भने मध्यम र सामान्यले परिचयपत्रबाट अन्य सुविधा उपभोग गर्न पाउनेछन् ।

परिचयपत्रका लागि चिकित्सकको मेडिकल रिपोर्ट एवं सिफारिस, सम्बन्धित वडाको सिफारिस र आवश्यक कागजातका आधारमा समितिको निर्णयबाट वितरण गर्ने गरिन्छ । महानगरको ३३ वटा वडाबाट हालसम्म अपाङ्गता परिचयपत्र पाउने ७८५ जना रहेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई