१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । देश तथा विदेशमा छरिएर रहेका गण्डकी बोर्डिङ स्कुल पोखराका भुपु विद्यार्थीहरुबाट संकलित रकमले बुटवलमा राहत वितरण गरिएको छ । एग्बोसा काउन्सिलसंग समन्वय गरी स्कुल एशोसिएसनले बुटवल उपमहानगरभित्रको वडा ४ र १२ मा गरी ५५ परिवारलाई राहत वितरण गरेको हो ।

एसोशिएसनमा आबद्ध देश तथा विदेशमा रहेका विद्यार्थीबाट रकम संकलन गरी राहतस्वरुप खाद्यान्न वितरण गरिएको संस्थाका सदस्य सुदर्शन पौडेलले बताए । राहत सामाग्रीमा दाल, चामल, नुन, तेल, सोयाविन आदि प्रदान गरिएको उनले बताए । विभिन्न समयमा स्वास्थ्य शिविर, जनचेतनामुलक कार्यक्रम, अन्य स्थानमा राहत बांड्ने कार्यक्रम गरिराखिएको उनले जनाए । वितरण कार्यक्रममा भुपु विद्यार्थीहरु दिपक विश्वकर्मा, सुदर्शन पौडेल , सुवास प्रधान, महेन्द्र श्रेष्ठ, नवीन शर्मा, अभिषेक श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा बोल्दै वडा न १२ का अध्यक्ष दुर्गा सुवेदीले पोखरामा अध्ययन गरेका प्रदेश ५ का विद्यार्थीले गरेको यस्तो कार्य प्रशंसनिय रहेको बताए । उनले महामारीले रोजगार गुमेपछि धेरै परिवार आर्थिक मारमा परेको भन्दै खाद्यान्नकै लागि राहत संकलन र बाहिरी सहयोग आवश्यक परेको बताए । उनले संस्थागत सहयोगले विपन्न परिवारमा खुसी ल्याउने बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै