१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा खुल्ला व्यायामशाला निर्माण हुने भएका छन् । बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भैरहेको बेला तिलोत्तमाले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायामशालाको अवधारणा ल्याएको हो । केही दिनभित्र वडा नं. ८ दीपनगर चोकमा पहिलो खुल्ला व्यायामशाला निर्माण हुनेछ भने अन्य स्थानमा क्रमशः निर्माण गरिने नगरपालिकाले जनाएको छ ।

Advertisement

दीपनगरमा निर्माण हुने व्यायामशाला लागि आवश्यक सामाग्री तथा उपकरणहरु आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले नगरपालिकालाई उपलब्ध गराएको छ । विभागका महानिर्देश डा. बासुदेव उपाध्यायले शनिबार तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेलाई व्यायामशालामा आवश्यक सामाग्री हस्तान्तरण गरे । शारीरिक व्यायमको लागि चाहिने एक सेट उपकरणको मूल्य दश लाख रहेको जनाइएको छ । विभागबाट प्राप्त सामाग्रीलाई तोकिएबमोजिम व्यवस्थित तरिकाले जडान गरेर दीपनगरमा व्यायामशाला सञ्चालनमा ल्याइने नगरप्रमुख घिमिरेले बताए । शनिबार ती सामाग्रीको व्यायामशाला बन्ने स्थानमा प्रदर्शन समेत गरिएको छ । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा अन्य स्थानमा समेत खुल्ला व्यायामशाला बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

सामाग्री हस्तान्तरण गर्दै विभागका महानिर्देशक उपाध्यायले स्वस्थ जीवनको लागि शारीरिक व्यायमको भूमिका महत्वपूर्ण हुने भएकोले नगरपालिकालाई सामाग्री सहयोग गरिएको बताए । उनले व्यायामशालाको भरपूर उपयोग गरी स्वास्थ्यमा सुधार ल्याउन स्थानीयलाई आग्रह गरे । प्रमुख बासुदेव घिमिरेले स्वस्थ नागरिक निर्माणको लागि नगरले खुल्ला व्यायामशालाको अवधारण अगाडि बढाएको बताउँदै आगामी आर्थिक वर्षको बजेटमा कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे । स्वस्थ जीवनशैलीको लागि व्यायमशाला अब टोल-टोल हुनुपर्ने बताउँदै उनले टोल विकास संस्थाले व्यायामशालाको व्यवस्थापन तथा रेखदेख गर्नुपर्ने बताए । जनभावना माध्यामिक विद्यालय नजिकैको खुला स्थानमा निर्माण गरिने व्यायामशालामा एक पटकमा दश जनाले व्यायम गर्न सक्नेछन् ।

नगर उपप्रमुख जागेश्वरी चौधरीले खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारका नसर्ने रोग बढेको बताउँदै स्वस्थ जीवनशैलीको लागि व्यायामशालाको महत्व अझै बढेको दाबी गरे । उनले व्यायामशाला निर्माणले नियमित शारीरिक अभ्यास गर्न चाहने जोकोहीलाई सहज हुने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई