Mar 31, 2023
बझाङ । केदारस्युँ गाउँपालिका वडा- ८ को मल्लेसिमा पहिरो जाँदा बेपत्ता भएकामध्ये दुई बालबालिकाको शव फेला परेको छ । बेपत्ता भएका केदारस्यु–८ मल्लेसका ११ वर्षीय प्रयाग जेठारा र ७ वर्षीय अस्मीता जेठाराको शव फेला परेको हो ।
धेरै अझै बेपत्ता रहेका छन् । गएराति अविरल वर्षासँगै आएको पहिरोले १७ घर बगाएको छ ।घटनास्थलमा प्रहरी भने अहिलेसम्म आइ नपुगेको स्थानिय बताउँछन् । मल्लेसी गाउँ खोलैखोला भएर जानुपर्ने हुन्छ । तर खोलामा बाढी आएको र माथिबाट पहिरो पनि खसिरहेको कारण उद्धार टोली त्यहाँ पुग्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्