१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

काठमाडौं । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसूर तथा करणीसम्बन्धी कसुरका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको छ ।

Advertisement

वन डिभिजन कार्यालय, अत्तरिया कैलालीमा वन अधिकृत पदमा कार्यरत रहँदा उक्त कसूर गरेको आरोपमा धनगढीका रामनारायण यादवलाई काठमाडौँबाट पक्राउ गरिएको हो । यादवविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसूरका साथै करणीसम्बन्धी कसूर गरेको आरोपमा गत जेठ ५ गते प्रहरीमा उजुरी दर्ता भएको छ ।

उक्त कसूरमा पक्राउ गरी अनुसन्धान भइरहेको अवस्थामा यादव रक्तचाप, मधुमेहसमेतको बिरामी भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपश्चात थप उपचार गराउनुपर्ने भएकाले छोरा रवीन्द्रको जिम्मा जमानीमा छाडिएकोमा त्यसपछि दुबै जना फरार हुँदै आएको प्रहरीले जनाएको छ ।

कैलाली प्रहरीले गरेको पत्राचारअनुसार खोजतलासको क्रममा काठमाडौँ महानगरपालिका ३५, पेप्सीकोलास्थित टाउन प्लानिङमा लुकीछिपी बसेको अवस्थामा उनलाई शुक्रबार पक्राउ गरिएको ब्यूरोले जनाएको छ । पक्राउलगत्तै उनलाई थप कानूनी कारवाहीका लागि शुक्रबार नै जिल्ला प्रहरी कार्यालय, कैलाली पठाइएको सिआइवीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई